२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरीहरुलाई स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता भयो

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । गण्डक अस्पताल प्रा.लि.तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज र सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बीच सो अस्पतालहरुबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा निश्चत प्रतिशतको छुट सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारीहरु, मधेश प्रदेशभित्र स्थायी वतन भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भूतपुर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजहरुका आश्रीत परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा निश्चत छुट सुविधा उपलब्ध गराउने उद्धेश्यले सो सम्झौता भएको हो ।
असोज २४ गते गण्डक अस्पताल प्रा.लि.र असोज १३ गते स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज संग समझदारी पत्रमा सशस्त्र प्रहरी बल, नेपाल नम्वर १२ गण बारामा आयोेजित छुट्टा–छुट्टै कार्यक्रमहरुका बीच द्विपक्षीय हस्ताक्षर भएको हो ।
सो सम्झौता समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाटै लागू हुने र यसको अवधि ५ वर्ष सम्मको हुने छ ।यसको साथै आपसी सहमतिमा समझदारी पुनः निरन्तरता प्रदान गर्न सकिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]