२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

आईजिपी धिरज प्रताप सिंहबाट आउदो निर्वाचनमा सुरक्षा व्यवस्था मजवुत बनाउन प्रमुखहरूलाई निर्देशन

Logo
प्रकाशित शुक्रबार, आश्विन २८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरूलाई शुक्रबार विहान निर्देशन दिनुका साथै परिचालन कक्ष र CCTV मनिटरिङ कक्षको अवलोकन गर्नु भएको छ ।

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो इलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुत बनाउन निर्देशन दिनु भयो ।

निर्वाचन संवेदनशिल भएको स्मरण गराउदै सुरक्षा योजना अनुसार Search Operation बढाई अपराधिक घटना रोकथाम तथा न्यूनीकरण गर्नको लागी गुण्डा गर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगाएतमा हुन सक्ने ग्याङफाइटहरूलाई पुर्ण रूपमा नियन्त्रण गर्न निर्देशन दिदै काठमाडौं उपत्यकाको प्रहरी देशकै Role model को रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि निर्देशन दिनु भयो ।
सिंहले गुण्डा गर्दी,ग्याङ फाइटहरू तथा विभिन्न अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनु भन्दै संगठन र बिभागीय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफुले लिने भन्दै निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भयो । आर्थिक प्रलोभनमा परी नाजायज कार्य गर्ने कुनै पनि प्रहरी कर्मचारीहरूलाई क्षम्य नगरी कठोर कारवाही गर्ने समेत बताउनु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रबिन्द्र बहादुर धानुकले समसामयिक विषयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उपत्यकाका कार्यालय प्रमुखहरूलाई महत्वपुर्ण निर्देशन दिनु भएकोमा धन्यवाद दिदै निर्देशनलाई अक्षरंस पालना गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नु भयो । निर्वाचनलाई सफल बनाउन उपत्यका निर्वाचन सेल र जिल्ला निर्वाचन सेलले कार्य गरीरहेको जानकारी दिनुका साथै आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसामा शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकबाट समय समयमा भएका निर्देशन पालना गरिरहेको र मातहत समेतमा आवश्यक निर्देशन दिइने गरेको र सोही अनुसार कार्य गरिरहको बताउनु भयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक , प्रहरी नायव महानिरीक्षक, प्रहरी बरिष्ठ उपरिक्षक तथा सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको छ। टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहको छ । खत्रीको […]

  काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले न्यायालयलाई कसरी विश्वास गरौँ भन्दै प्रश्न गरेकी हुन्। ‘सम्माननीय प्रधान न्यायाधीश ज्यू, अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाऊँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले […]

काठमाडौँ । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ […]

error: Content is protected !!