२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बनेको २० वर्षपछि बल्ल नहरमा पानी,

Logo
प्रकाशित शनिबार, आश्विन २९, २०७९

विराटनगर । नहर बनेको २० वर्षपछि बल्ल मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेको छ । पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् ।

सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन । नहरमा पानी नहुदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए ।त्यस क्षेत्रमा कृषिमा सिँचाइ सेवा पु¥याउने गरी पाँच दशकअघि निर्माण भएको उक्त शाखा नहरमा दुई दशकदेखि पानी सञ्चालनअवरुद्ध भएको थियो । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले नहरमा थुप्रिएको बालुवा र माटो सफाइ गरेपछि पानी सञ्चालन भएको हो ।

मोरङ जहदा गाउँपालिका–४ मा मात्र करिब पाँच सय बिघा जग्गामा अहिले पानी पुग्दा किसान हर्षित भएको सो शाखा नहरका जल उपभोक्ता समितिका अध्यक्ष देवानन्द साहले बताए । उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारीको पकेट क्षेत्र हो । यहाँका किसान मौसम अनुसारको बाली लगाउँछन् ।

‘बाली मात्र लगाएर के गर्नु पहिले त नहर भएर पनि सिँचाइ थिएनन् । अहिले नहरका पानी बगेको देखेर किसानको अनुहारमा उज्यालो आएको छ’, अध्यक्ष साहले भने, ‘बाली र मानवको लागि पानी निकै महत्व छ, यो बिना दुबैको जीवन अन्धकार हुन्छ ।’

धान, मकै, गहुँ प्रर्याप्त उत्पादन हुने यो क्षेत्रमा तरकारी पनि प्रशस्त उत्पादन हुन्छ । यो क्षेत्र तरकारीका लागि पकेट मानिन्छ । यो क्षेत्र तरकारी पकेट क्षेत्र भएको र यसमा परियोजनामार्फत कृषि उत्पादन बढाउन लगानी पनि भइरहेको अध्यक्ष साहले बताए ।

धान, मकै र गहुँ बाली भन्दा पनि तरकारी उत्पादन गरेर यस क्षेत्रका जनताको जीवनस्तरमा निकै परिवर्तन आएको स्थानीय किसान हरिनाथप्रसाद सिंहले बताउनुहुन्छ । उहाँले पनि एकदेखि दुई बिघा जग्गामा तरकारी लगाएका छन् ।

‘तरकारी उत्पादन त गर्छु तर, बजार अभाव छ, ग्रामीण क्षेत्र भएकाले बाटोको असुविधा छ, बाटो राम्रो भएको भए हामीले उत्पादन गरेको तरकारी सजिलै सहरसम्म पु¥याउन सक्थ्यौँ भन्नुभयो’ उनले भने, ‘यहाँका किसानले प्रयोगगर्ने दुई किमी बाटो व्यवस्थित भयो भने निकै सुविधा हुने थियो ।’

अर्का किसान नहरको दुबै तर्फ तरकारी उत्पादक किसान रहेकाले नहर दुबै तर्फ गर्न केही स्थान सुनसरी मोरङ सिँचाइ आयोजनाले कल्भर्ट बनाइदिनुपर्ने माग गरे । आयोजनाका इञ्जिनीयर महेश चौधरीले किसानको माग र आवश्यकताअनुसार नहर सञ्चालनमा ल्याइएको बताए ।

आयोजनाका प्रमुख भिलानन्द यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाले सुनसरीमा ४० हजार र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले नहर निर्माण गरेको बताए । उनले नहर स्थानमा अहिले पनि पानी चल्ने समस्या देखिएपछि नहरलाई सफाइ गर्ने योजना बनाएर अघि बढिरहेको जानकारी दिए ।नहर छ तर पानी छैन भने त्यो नहरको कुनै काम छैन’ उनले भने, ‘त्यसैले लामो समयदेखि सिँचाइबाट वञ्चित किसानलाई खेतसम्म पानी पु¥याउने नै आयोजनाको प्रमुख काम हो ।’साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]