२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरी देश र जनताको सेवा गर्ने पवित्र संगठन हो आईजीपी : सिंह

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी भनेको जनताको सेवा गर्ने पवित्र संगठन हो, यो कुनै व्यापारिक या व्यवसाय गर्ने नाफामुखी संस्था होइन । त्यसैले जनताका गुनासा सुन्ने,उनीहरुका इच्छित सेवा प्रति प्रहरी संगठनले सकेसम्म पूरा गर्ने गराउनेतर्फ संगठन प्रमुखको हैसियतले लक्ष्य नै बनाएको आईजीपी सिंहले बताएका छन ।

जनताको शान्ति सुरक्षा नै प्रहरीको मुल कर्तब्य भएकाले शान्ति सुरक्षाको पहरेदार ‘नेपाल प्रहरी’को प्रमुखका हैसियतले जनतासँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै सिंहले प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित तुल्याउँदै आमजनताको पहुँचमा पुर्‍याउन अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

देश र जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटेर छुट्टै सान बनाएका प्रहरी प्रमुख आईजीपी धिरज प्रताप सिंह सरकारको स्प्रीडमा दौडिन सक्ने एक शाहसी र कुशल प्रहरी अधिकृतको रुपमा परिचित भएका छन् । आईजीपी सिंहले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न गरेका पहलले उहाँलाई एक सफल आईजीपीको रूपमा हेरिएको छ ।

नेपाल प्रहरीलाई कमजोर बनाउने विभिन्न व्यवधानका विरुद्ध लड्न सक्ने क्षमता भएका उहाँले आत्मविश्वासका साथ देश र जनताको लागि कार्य गर्दै आउनु भएको छ । राजनीतिक हस्तक्षेपमा पनि कर्मयोगी बनेर कार्य सम्पादन गरेका आईजीपी सिंह एक निड्र प्रहरी अधिकृत हुन् । २९ वर्ष लामो पेशागत यात्रामा सिंहले थुप्रै महत्वपूर्ण मोर्चाको कुशलतापूर्वक कमान्ड सम्हालेका छन् ।

स्वदेशी तथा विदेशी तालिम प्राप्त आईजीपी सिंहले सिकेका ज्ञान र सीपलाई कार्यकुशलतापूर्वक प्रहरीमा लगाउन सके अझ बढी फलदायी हुने आशा आमजनमानसले गर्न थालेका छन् । उहाँ जस्तो कुशल नेतृत्वबाट देशले काचुली फेर्ने धेरैको अनुमान छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूलाई सुक्ष्म रूपमा अध्ययन गर्नेे उहाँ प्रहरीका लागि उदाहरणीय पात्र बन्नु भएको छ । देश विदेशको तालिमबाट प्राप्त ज्ञानलाई प्रयोग गरेर सम्पूर्ण प्रहरी संगठनलाई नै बलियो र चुस्त बनाउने काम उहाँबाट भएको छ । बेथिति, अपराध र गुन्डागर्दीप्रति शून्य सहनशीलता अपनाउने आईजीपी सिंहले गुन्डा,डाँका, अपराधीहरूलाई तह लगाएउनु भयो । प्रहरी अपराध महाशाखा प्रमुख हुँदा सिंहले काठमाडौं उपत्यकाको हप्ता असुली, अपहरण, बन्धक बनाएर वा धम्काएर चन्दा असुली कार्यलाई नियन्त्रणमा लिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]