२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरी देश र जनताको सेवा गर्ने पवित्र संगठन हो आईजीपी : सिंह

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी भनेको जनताको सेवा गर्ने पवित्र संगठन हो, यो कुनै व्यापारिक या व्यवसाय गर्ने नाफामुखी संस्था होइन । त्यसैले जनताका गुनासा सुन्ने,उनीहरुका इच्छित सेवा प्रति प्रहरी संगठनले सकेसम्म पूरा गर्ने गराउनेतर्फ संगठन प्रमुखको हैसियतले लक्ष्य नै बनाएको आईजीपी सिंहले बताएका छन ।

जनताको शान्ति सुरक्षा नै प्रहरीको मुल कर्तब्य भएकाले शान्ति सुरक्षाको पहरेदार ‘नेपाल प्रहरी’को प्रमुखका हैसियतले जनतासँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै सिंहले प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित तुल्याउँदै आमजनताको पहुँचमा पुर्‍याउन अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

देश र जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटेर छुट्टै सान बनाएका प्रहरी प्रमुख आईजीपी धिरज प्रताप सिंह सरकारको स्प्रीडमा दौडिन सक्ने एक शाहसी र कुशल प्रहरी अधिकृतको रुपमा परिचित भएका छन् । आईजीपी सिंहले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न गरेका पहलले उहाँलाई एक सफल आईजीपीको रूपमा हेरिएको छ ।

नेपाल प्रहरीलाई कमजोर बनाउने विभिन्न व्यवधानका विरुद्ध लड्न सक्ने क्षमता भएका उहाँले आत्मविश्वासका साथ देश र जनताको लागि कार्य गर्दै आउनु भएको छ । राजनीतिक हस्तक्षेपमा पनि कर्मयोगी बनेर कार्य सम्पादन गरेका आईजीपी सिंह एक निड्र प्रहरी अधिकृत हुन् । २९ वर्ष लामो पेशागत यात्रामा सिंहले थुप्रै महत्वपूर्ण मोर्चाको कुशलतापूर्वक कमान्ड सम्हालेका छन् ।

स्वदेशी तथा विदेशी तालिम प्राप्त आईजीपी सिंहले सिकेका ज्ञान र सीपलाई कार्यकुशलतापूर्वक प्रहरीमा लगाउन सके अझ बढी फलदायी हुने आशा आमजनमानसले गर्न थालेका छन् । उहाँ जस्तो कुशल नेतृत्वबाट देशले काचुली फेर्ने धेरैको अनुमान छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूलाई सुक्ष्म रूपमा अध्ययन गर्नेे उहाँ प्रहरीका लागि उदाहरणीय पात्र बन्नु भएको छ । देश विदेशको तालिमबाट प्राप्त ज्ञानलाई प्रयोग गरेर सम्पूर्ण प्रहरी संगठनलाई नै बलियो र चुस्त बनाउने काम उहाँबाट भएको छ । बेथिति, अपराध र गुन्डागर्दीप्रति शून्य सहनशीलता अपनाउने आईजीपी सिंहले गुन्डा,डाँका, अपराधीहरूलाई तह लगाएउनु भयो । प्रहरी अपराध महाशाखा प्रमुख हुँदा सिंहले काठमाडौं उपत्यकाको हप्ता असुली, अपहरण, बन्धक बनाएर वा धम्काएर चन्दा असुली कार्यलाई नियन्त्रणमा लिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!