३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खटिएको प्रहरीले सुन तस्करी गर्ने ८ जना पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९


ABC (क्राईमबिट)
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट तस्करीको सुन पनि बरामद भएको छ ।

विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब ७० ग्राम सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय दल बहादुर डाँगीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, भन्सार छलि ल्याएको सुन करिब २ सय ग्राम सहित रोल्पा सुनिल स्मृति गाउँपालिका–१ बस्ने ३५ बर्षीय हरि प्रसाद समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इन्टर स्काइको उडानद्वारा कतार दोहाबाट अवुदावी हुँदै काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी विमानस्थलको स्वागत गेटबाट भन्साल छलि ल्याएको सुन करिब १ सय ५० ग्राम सहित महोत्तरी जलेश्वर नगरपालिका–७ का ३३ वर्षीय जमुना महतो समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ओमन मस्कटबाट सलाम एयरको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी पक्राउ गरि भन्सारमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]