३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

इप्रका कोहलपुर प्रहरीले लागूऔषधसहित दाङका बन कर्मचारी २ जना लाई पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालयले डिभिजन बन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ बर्षिय किरण तिवारी र तुल्सीपुर १८ दाङ बस्ने २७ बर्षिय भरत चौधरीलाई लाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले शनिबार साँझ ७ बजे पक्राउ गरेको हो ।

उनिहरु ब्राउन सुगरको कारोबार गरी कोहलपुर देखि पुर्ब तर्फ गईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरिक्षक नवचन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले रा १ ब ८९९ को सरकारी नम्बर प्लेटको पल्सर मोटरसाईकल सहित राप्तीसोनारी गाँउपालीका वडा नं. ९ ढकेरी स्थित पुर्ब पश्चिम राजमार्गबाट पक्राउ गरेको हो ।

उनिहरुलाई लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको डिएसपी मल्लले बताए ।

यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले गत असोज २५ गते बैजनाथ गाँउपालीका १ चिसापानीबाट ७३० मिलिग्राम ब्राउन सुगर सहित बैजनाथ गाँउपालीका १ चिसापानी बस्ने २२ बर्षिय सन्तोष शाही र सोही ठाँउ बस्ने २२ बर्षिय पदम बुढालाई पक्राउ गरीएको छ ।

यस्तै कार्तिक ४ गते कोहलपुर नगरपालीका वडा नं. २ बिकासनगरबाट ९४० मिलिग्राम ब्राउन सुगर सहित २४ बर्षिय बिजय भन्ने बिर बहादुर बिकलाई पक्राउ गरीएको छ ।

साथै कार्तिक ४ गते बैजनाथ गाँउपालीका वडा नं. ५ बनकटुवा बस्ने २६ बर्षिय मनिश थारुलाई ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरीएको डिएसपी ऐन बहादुर मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

डिएसपी मल्लले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पदभार सम्हालेको ६ महिनाको अबधीमा ठुलो संख्यामा लागुऔषध कारोबारी पक्राउ गर्न सफल भएका छन ।

पछिल्लो ६ महिनाको तथ्याङ्क अनुसार लागु औषध ब्राउन सुगरको ३५ मुद्धा दर्ता भएका छन । जसमा ३३ पुरुष र ४ महिला रहेका छन । यस्तै लागु औषध अफिमको एउटा मुद्धा दर्ता भएको छ ।

यस्तै लागु औषध नाईट्राभ्याट र लागु औषध गाँजाको एक एक मुद्धा दर्ता भएको डिएसपी मल्लले जानकारी दिए । ६ महिनाको अबधीमा लागु औषध कारोबारको ३८ मुद्धमा संलग्न ४१ जना पक्राउ गरी मुद्धा दर्ता गरीएको डिएसपी मल्लले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]