२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

इप्रका कोहलपुर प्रहरीले लागूऔषधसहित दाङका बन कर्मचारी २ जना लाई पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालयले डिभिजन बन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ बर्षिय किरण तिवारी र तुल्सीपुर १८ दाङ बस्ने २७ बर्षिय भरत चौधरीलाई लाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले शनिबार साँझ ७ बजे पक्राउ गरेको हो ।

उनिहरु ब्राउन सुगरको कारोबार गरी कोहलपुर देखि पुर्ब तर्फ गईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरिक्षक नवचन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले रा १ ब ८९९ को सरकारी नम्बर प्लेटको पल्सर मोटरसाईकल सहित राप्तीसोनारी गाँउपालीका वडा नं. ९ ढकेरी स्थित पुर्ब पश्चिम राजमार्गबाट पक्राउ गरेको हो ।

उनिहरुलाई लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको डिएसपी मल्लले बताए ।

यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले गत असोज २५ गते बैजनाथ गाँउपालीका १ चिसापानीबाट ७३० मिलिग्राम ब्राउन सुगर सहित बैजनाथ गाँउपालीका १ चिसापानी बस्ने २२ बर्षिय सन्तोष शाही र सोही ठाँउ बस्ने २२ बर्षिय पदम बुढालाई पक्राउ गरीएको छ ।

यस्तै कार्तिक ४ गते कोहलपुर नगरपालीका वडा नं. २ बिकासनगरबाट ९४० मिलिग्राम ब्राउन सुगर सहित २४ बर्षिय बिजय भन्ने बिर बहादुर बिकलाई पक्राउ गरीएको छ ।

साथै कार्तिक ४ गते बैजनाथ गाँउपालीका वडा नं. ५ बनकटुवा बस्ने २६ बर्षिय मनिश थारुलाई ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरीएको डिएसपी ऐन बहादुर मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

डिएसपी मल्लले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पदभार सम्हालेको ६ महिनाको अबधीमा ठुलो संख्यामा लागुऔषध कारोबारी पक्राउ गर्न सफल भएका छन ।

पछिल्लो ६ महिनाको तथ्याङ्क अनुसार लागु औषध ब्राउन सुगरको ३५ मुद्धा दर्ता भएका छन । जसमा ३३ पुरुष र ४ महिला रहेका छन । यस्तै लागु औषध अफिमको एउटा मुद्धा दर्ता भएको छ ।

यस्तै लागु औषध नाईट्राभ्याट र लागु औषध गाँजाको एक एक मुद्धा दर्ता भएको डिएसपी मल्लले जानकारी दिए । ६ महिनाको अबधीमा लागु औषध कारोबारको ३८ मुद्धमा संलग्न ४१ जना पक्राउ गरी मुद्धा दर्ता गरीएको डिएसपी मल्लले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]