२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतीय युट्युबर सिंहले चलाएको मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक ०९, २०७९

(ABC-Sanchar)
पर्सा । बिरगंज भारतीय युट्युबर प्रभाज्वत सिंह मोटरसाइकल दुर्घटनामा परेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा धादिङको गजुरी नगरपालिका–१ स्थित गजुरी बजारमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् । सिंह जट्ट प्रभाज्वत नामले परिचित छन् । मंगलबार साँझ साव ५ बजेमा सिंहले चलाएको मोटरसाइकलले धिताललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले बताए ।

घाइते धिताललाई उपचारको लागी काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । मोटरसाइकल चालक युट्युबर सिंह घाइते भएका छन् । उनको दुवै खुट्टा फ्याक्चर भएको र उपचारका लागि काठमाडौं पठाइएको डिएसपी खत्रीले जानकारी दिए । ​

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]