२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

निर्वाचनमा दाङको १२ मतदानस्थल अति संवेदनशील ३ हजार सुरक्षाकर्मी खटाउने

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९


ABC (क्राईमबिट)
दाङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब आठ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा तीन प्रदेश र छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक सय ५३ मतदानस्थल र सय मतदान केन्द्र छन् ।

निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा चार हजार बढी सुरक्षाकर्मी र तीन हजार सात सय २० कर्मचारी खटिन लागेको बताए । मतदान अधिकृतदेखि सहायकस्तरका कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन् ।

दाङमा चार हजार सुरक्षाकर्मीमध्ये एक हजार नौ सय २० म्यादी प्रहरी परिचालन हुँदैछन् । सुरक्षा संवेदनशीलतालाई हेरेर मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिने छन् । दाङका एक सय ५३ मतदानस्थलमध्ये १२ मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । जिल्लाको ग्रामीण बस्तीमा रहेका मतदानस्थल सुरक्षाका रूपमा अति संवेदनशील पहिचान गरिएको छ ।

बबई गाउँपालिका, राप्ती गाउँपालिकामा बङ्गलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अति संवेदनशील मानिएको उनले बताए । अति संवेदनशील मतदान केन्द्रमा तीन प्रहरी र नौ म्यादी प्रहरी, संवदेनशील मतदान केन्द्रमा तीन प्रहरी र छ म्यादी प्रहरी यस्तै सामान्य मतदान केन्द्रमा तीन प्रहरी र पाँच म्यादी प्रहरी परिचालन हुने रेग्मीले बताए ।

जिल्लाको एक सय ३० संवेदनशील र ११ वटा मतदानस्थल सामान्य रहेको रेग्मीले जानकारी दिए । उनले अति संवेदनशीलमा राखिएको भए पनि सोहीअनुसार सुरक्षाकर्मी खटिने र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण भएको जानकारी दिए ।

जिल्लामा चार सय ६५ मतदान केन्द्रमा चार सय ६५ जना मतदान अधिकृत र चार सय ६५ सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइने प्रदेश निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए। अन्य सहायकस्तरका कर्मचारी र स्वयंसेवकसमेतलाई जिम्मेवारी दिइने उनको भनाइ छ । उनका अनुसार निर्वाचनमा तीन हजार दुई सय कर्मचारी र अपुग हुने स्थानमा शिक्षकलाई मतदान केन्द्रमा खटाउने तयारी भएको छ ।

जिल्लामा सबैलाई मतदान गर्ने वातावरण मिलोस् भनेर कारागारका कैदीबन्दी, सरकारी कर्मचारीलाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरी निर्वाचनमा सहभागी गराइने भएको उनले जानकारी दिए । उनीहरूका लागि तीन स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण गरिने भएको छ । जिल्लाको घोराही र तुलसीपुर कारागारका कैदीबन्दीलाई कारागार परिसरमै तथा जिल्लामा कार्यरत निर्वाचनमा खटिनेबाहेक सरकारी कर्मचारी एवं बाहिर जिल्लाबाट आएकालाई घोराहीमा अस्थायी मतदान केन्द्र तोकेर निर्वाचनमा सहभागी गराइने भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]