३१ आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

गुजरातमा झोलुङ्गे पुल भत्किंदा ७५ भन्दा बढीको मृत्यु

Logo
प्रकाशित सोमबार, कार्तिक १४, २०७९

नयाँदिल्ली । भारतको गुजरात राज्यमा झोलुङगे पुल भत्किएपछि कम्तीमा ७८ जनाको मृत्यु भएको छ । स्थानीय मोर्बी नगरस्थित मच्चु नदीमाथि रहको पुल भाँचिदा सयौँ मानिसहरू नदीमा खसेका थिए ।

उक्त पुल मर्मतसम्भार गरी पुनः संचालनमा ल्याइएको केहीमा दिनमै यो घटना घटेको हो । भिडियो फुटेजमा पुल भाँचिएपछि मानिसहरू त्यसमा झुण्डिएको देख्न सकिन्छ ।घटनाको समयमा पुलमा ४ सय जनासम्म मानिस भएको समाचारमा जनाइएको छ । गुजरात राज्यका मन्त्री बृजेश मिर्जाले ८० जनाभन्दा बढी मानिसको जीवितै उद्दार गरिएको बताउनुभएको छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही तापा सडक खण्डमा चल्ने सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने केही टिप्परहरुले ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी साधन चलाउने ,त्रिपालले नछोपी हिड्ने गरेको भन्ने गुनासो आएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङबाट टिप्परका चालकहरु,चुनढुगा खानीका सरोकारवाला बिभिन्न ब्यक्तीहरु तथा टिप्पर समितिकापदाधिकारीहरु समेतलाई सो सम्वन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले बताए । ‘यो दुई महिनाको अवधिमा हामीले एक सय ११ किलो लागुऔषध बरामद गर्नुका साथै ५४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी मगरले […]

जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो । मधेशमा पानी पर्न नसकेपछि त्यहाँका […]

error: Content is protected !!