३० जेठ २०८२, शुक्रबार
13-06-2025 , Fri
×

विप्लव पार्टीले गर्‍यो मङ्सिर ४ गते निर्वाचन बिथोल्ने निर्णयहरु यस्तो छ

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९


(ABC-Sanchar)
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बिथोल्ने निर्णय गरेको छ ।

नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए ।

चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रूपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मङ्गलवार काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

बैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए । गत […]

  काठमाडौं । नयाँदिल्ली बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो । विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट  सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानले […]

  काठमाडौं । पहिलो कुरा व्यक्ति विशेषलाई इङ्गित गरेर हामीले हाम्रा माग राखेका होइनौँ । दोस्रो कुरा अध्यागमनसम्बन्धी प्रकरणमा भिजिट भिसाका सवालमा लामो समयदेखि जे भइरहेको रहेछ । जुन हामी वा राज्यले थाहा पाएपछि त्यसको समाधान हुनेगरी सरकारले काम गर्नैपर्छ । यो देशमा रोजगारी नपाएर भिजिट भिसाका नाममा विभिन्न देशमा गएर घरपरिवार चलाउनुपर्ने मानिसहरूलाई यो […]

error: Content is protected !!