२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बम विष्फोटको घटनाको आयोगद्वारा अनुगमन

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाई अनुगमन सुरु गरेको छ । कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएकोे थियो भने तीन जना बालबालिका घाइते भएका थिए । घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमनसमेत सुरु गरेको आयोगका प्रवक्ता डा.टीकाराम पोख्रेलले जानकारी दिए ।आयोगले यस्ता प्रकारका घटना विगतदेखि नै भइरहेको सन्दर्भमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मागसमेत गरेको छ ।आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चतता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले सरकार र सम्बद्ध निकायलाई आग्रहसमेत गरेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]