०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

बम विष्फोटको घटनाको आयोगद्वारा अनुगमन

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाई अनुगमन सुरु गरेको छ । कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएकोे थियो भने तीन जना बालबालिका घाइते भएका थिए । घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमनसमेत सुरु गरेको आयोगका प्रवक्ता डा.टीकाराम पोख्रेलले जानकारी दिए ।आयोगले यस्ता प्रकारका घटना विगतदेखि नै भइरहेको सन्दर्भमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मागसमेत गरेको छ ।आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चतता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले सरकार र सम्बद्ध निकायलाई आग्रहसमेत गरेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक […]

(ABC-Sanchar) काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र पहिचान बोकेको ललितपुरस्थित पाटनको विभिन्न धार्मिक क्षेत्रहरूमा यात्रा गरेका छन् । सोमबार पूर्वराजाले पाटन क्षेत्रमा पूजा तथा अवलोकन गरेका हुन् । उनले बङ्गलामुखी मन्दिर, हिरण्य वर्ण महाविहार र कृष्ण मन्दिरमा पूजाआजा गरेका छन् । त्यस अवसरमा पूर्वराजाको स्वागतका क्रममा राजावादीहरूले मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदर्शन […]

ABC (क्राईमबिट) कपिलवस्तु । सशस्त्र प्रहरी सिमा सुरक्षा बल महाराजगन्ज कपिलवस्तुको टोलीले भारतबाट भित्रीएको २ लाख ९० हजार रुपैयाँ बराबरका अवैध सामाग्री सहित २ वटा मोटरसाइकल बरामद गरिएको हो । पानी तान्ने मोटर र मोटरसाइकल बरामद गरेको शसस्त्र प्रहरी उपरीक्षक राम जंग पाण्डेले जानकारी दिनुभयो । जिल्लाको महाराजगन्ज नगरपालिका १ गैडहवा चोक नजिकै कच्चीबाटो छेउमा […]