०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

निर्वाचनको बेला ७२ घण्टा नेपाल–भारत सीमा बन्द रहने

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

नेपाल–भारतका गृह प्रशासन अधिकारीहरुको संयुक्त बैठकले निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमामा आवतजावत रोक्ने सहमति गरेका छन् ।

भारत बिहार राज्यको रक्सौलमा मङ्गलबार बसेको दुवै देशका सीमावर्ती जिल्ला सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरुको बैठकले आगामी निर्वाचनका लागि मङ्सिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति गरेको हो ।

नेपाल–भारत जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठक (बीडीसीसी) बैठकमा निर्वाचन सुरक्षा मजबुत बनाउने विषयमा दुबै देशका गृह र सुरक्षा अधिकारीहरुबीच छलफल भएको हो ।

भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी पूर्व र पश्चिमका सीमा ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको हो। बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेृतृत्व नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भारतका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकले गरेका थिए।

जिल्लाका प्रमुख तथा सहायक जिल्ला अधिकारी तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरू बैठकमा सम्मिलित थिए ।

बैठकमा सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने, अन्तर सीमा अपराध नियन्त्रण , जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि तथा मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकआपसमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल र समझदारी भएको छ ।

बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक […]

(ABC-Sanchar) काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र पहिचान बोकेको ललितपुरस्थित पाटनको विभिन्न धार्मिक क्षेत्रहरूमा यात्रा गरेका छन् । सोमबार पूर्वराजाले पाटन क्षेत्रमा पूजा तथा अवलोकन गरेका हुन् । उनले बङ्गलामुखी मन्दिर, हिरण्य वर्ण महाविहार र कृष्ण मन्दिरमा पूजाआजा गरेका छन् । त्यस अवसरमा पूर्वराजाको स्वागतका क्रममा राजावादीहरूले मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदर्शन […]

ABC (क्राईमबिट) कपिलवस्तु । सशस्त्र प्रहरी सिमा सुरक्षा बल महाराजगन्ज कपिलवस्तुको टोलीले भारतबाट भित्रीएको २ लाख ९० हजार रुपैयाँ बराबरका अवैध सामाग्री सहित २ वटा मोटरसाइकल बरामद गरिएको हो । पानी तान्ने मोटर र मोटरसाइकल बरामद गरेको शसस्त्र प्रहरी उपरीक्षक राम जंग पाण्डेले जानकारी दिनुभयो । जिल्लाको महाराजगन्ज नगरपालिका १ गैडहवा चोक नजिकै कच्चीबाटो छेउमा […]