२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

निर्वाचनको बेला ७२ घण्टा नेपाल–भारत सीमा बन्द रहने

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

नेपाल–भारतका गृह प्रशासन अधिकारीहरुको संयुक्त बैठकले निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमामा आवतजावत रोक्ने सहमति गरेका छन् ।

भारत बिहार राज्यको रक्सौलमा मङ्गलबार बसेको दुवै देशका सीमावर्ती जिल्ला सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरुको बैठकले आगामी निर्वाचनका लागि मङ्सिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति गरेको हो ।

नेपाल–भारत जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठक (बीडीसीसी) बैठकमा निर्वाचन सुरक्षा मजबुत बनाउने विषयमा दुबै देशका गृह र सुरक्षा अधिकारीहरुबीच छलफल भएको हो ।

भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी पूर्व र पश्चिमका सीमा ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको हो। बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेृतृत्व नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भारतका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकले गरेका थिए।

जिल्लाका प्रमुख तथा सहायक जिल्ला अधिकारी तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरू बैठकमा सम्मिलित थिए ।

बैठकमा सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने, अन्तर सीमा अपराध नियन्त्रण , जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि तथा मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकआपसमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल र समझदारी भएको छ ।

बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]