२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जोरपाटी क्षेत्रमा डकैती गर्ने ३ जना पक्राउ,

Logo
प्रकाशित शुक्रबार, कार्तिक १८, २०७९

काठमाडौंको जोरपाटी र नारायणटार क्षेत्रमा लुटपाट गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १५ मा गोकर्णेश्वर नगरपालिका–८ स्थित प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर–३ का स्वतन्त्र उम्मेदवार साजेश विष्टको घर चोरी भएको थियो । विष्टको घरबाट १० लाख नगद र ७ तोला सुन चोरी भएको प्रहरीको अनुसन्धानबाट खुलेको भएको छ ।सो चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका २५ वर्षीय दीर्घ लामा, २४ वर्षीय बाबु तामाङ र  २९ वर्षका जिमी लामा छन् ।सो समूहले कार्तिक ८ मा सुन पसल बन्द गरेर घर फर्किंदै गरेकी ५४ वर्षीया सारदा तिरुवाको झोला र तिलहरी पनि लुटेका थिए । मोटरसाइकलमा सवार उनीहरुले सुनको झुक्का, तिलहरी र नगद १५ हजार लुटेर भागेको प्र्रहरीको अनुसन्धानबाट खुलेको छ ।आरोपीमध्येका दीर्घ लामा चोरी मुद्दामा २ वर्ष जेल बसेर निस्केका हुन् । २४ वर्षीय बाबु तामाङ १ वर्ष ११ महिना जेल बसेर रिहा भएका थिए । अर्का आरोपी जिमी लामा चोरी मुद्दामा ६ वर्ष ११ महिना जेल बसेर छुटेका हुन् ।जेलबाट छुट्नासाथ उनीहरूले चोरी र डकैती धन्दा शुरु गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतकहरु बताउँछन् । सो समूहले ३ वर्षअघि ग्रिनहिल सिटीस्थित मन्दिरा सापकोटाको घर फोडेर लुटपाट गरेको पनि प्रहरी वृत्त बौद्धले जनाएको छ । आरोपीहरुको साथबाट प्रहरीले चोरी र डकैतीमा प्रयोग गरिएको प्रदेश–३–०२–०१४ प ७०१५ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]