२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

निर्वाचनको आचारसंहिता उल्लंघन गर्दै सशस्त्र प्रहरीको बाहिनीपतिको सरुवा

Logo
प्रकाशित मंगलबार, कार्तिक २२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । निर्वाचनको मुखमा सुदुर पश्चिमस्थित सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा भएको छ ।
गृह मन्त्रालयले डिआइजी दुर्गा भट्टराईलाई हटाएर एसएसपी बिश्वकुमार भट्टराईलाई सुदुरपश्चिमस्थित बैद्यनाथ बाहिनीको प्रमुख बनाएको छ ।

प्रधानमन्त्रीको प्रदेशमा यसरी चुनावको मुखमा बाहिनीपति हेरफेर हुनुलाई अनौठो मानिएको छ । अझ जुनियर एसएसपीलाई बाहिनीपति बनाइएकोमा समेत सशस्त्र प्रहरीभित्र धेरैले आश्चर्य मानेका छन् । भट्टराई सि.सं. नम्बर २ का एसएसपी हुन् । उनीभन्दा १५ जना सिनियर एसएसपी हुँदाहुँदै उनलाई बाहिनीपतिको जिम्मेवारी दिइनुले सशस्त्र प्रहरी बलको साख गिरेको छ । त्यसमाथि सि.सं. १ का एक जना पनि एसएसपीले बाहिनी चलाउने अवसर पाएका छैनन् । यस्तो अवस्थामा उनलाई किन चुनावको मुखमा बाहिनीको जिम्मा दिइयो भन्ने प्रश्न उठेको छ ।

स्रोतका अनुसार डिआइजी भट्टराईबाट प्रधानमन्त्रीनिकट समूहको स्वास्र्थ पूरा हुन नसकेपछि चुनावको मुखमा उनलाई सुरक्षा परिषद्मा सरुवा गरिएको हो । खासगरी भारतसँगको सीमा नाकामा सेटिङअनुसार भट्टराई नचलेपछि उनलाई हटाइएको स्रोतले बताएको छ ।

सुदुरपश्चिम बाहिनीमा एसएसपी भट्टराई पुगेसँगै सबैजसो नाकाबाट तस्करी मौलाएको छ । केहीदिन अघि मात्र ३५ नम्बर गण कञ्चनपुरले झन्डै डेढ सय क्विन्टल चिनी बरामद गरेको थियो । तर, चिनी बोक्न प्रयोग भएको ट्रक मोटो रकम असुलेर कारबाही बिना छाडिएको स्रोत बताउँछ ।

चलखेलका आधारमा बाहिनी जान सफल भएपछि एसएसपी भट्टराईले चुनावी सुरक्षा भन्दा नाकामा हुने आम्दानीमा बढी ध्यान दिएको स्रोत बताउँछ । एक बिओपी इन्चार्जका अनुसार एसएसपी भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयको नाममा मातहतबाट पैसा माग्न थालेका छन् । मधेस प्रदेश र प्रदेश नम्बर १ का नाकाबाट त सेटिङमा तस्करी भइरहेको विभिन्न घटनाले देखाइसकेका छन् ।

उता, विगत ५ वर्षदेखि केन्द्रीय लेखामा तरमार्न सफल डिएसपी गणेश मल्लको पनि चुरिफुरी बढेको छ । शक्तिकेन्द्रलाई खुसी बनाई लगातार केन्द्रीय लेखामा बस्दै आएका उनको हालिमुहाली पछिल्लो समय बढेको छ । विवादास्पद एसएसपी दिपेन्द्र कुंवरसँग मिलेर पछिल्लो समय उनले बजेटमा रजगज चलाएका छन् । एसएसपी कुँवर प्रबन्ध शाखाको प्रमुख छन् । दुईजना मिलेर चुनावी बजेटको समेत ब्यापक दुरुपयोग गरिरहेको स्रोत बताउँछ । उनीहरूको समूहले प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत गुमराहमा राखेर खरिदका काममा अनियमितता गरिरहेको सशस्त्र मुख्यालयका एक अधिकारी बताउँछन् ।

उता, नबलपरासीको विभिन्न नाकाबाट तस्करी भइरहेको विषयमा उजुरी परेपनि कारबाही हुन सकेको छैन । जिल्लाका बलिनगर, गुठी, महेशपुरलगायतका नाकाबाट तस्करी भइरहेको उजुरी मुख्यालयमा परेको थियो । त्यस बिषयमा मुख्यालयले छानबिनसमेत गरेको थियो । छानबिनमा पुष्टि हुने आधार देखिए पनि कारबाही भएको छैन ।

बलिनगरबाट हार्डवयर, कपडा, किराना सामानको तस्करी भइरहेको छ भने, अन्य नाकाबाट केराउ लगायतको तस्करी भएको छ । यस्तै गुठी, महेशपुर नाकाबाट समेत तस्करी धन्दा चकेको छ । सशस्त्र प्रहरीको नबलपरासीस्थित २६ नम्बर गणका गणपति एसपी रुपकुमार क्षेत्रीले समेत प्रत्येक बिओपीबाट मासिक रकम असुल्ने गरेको स्रोत बताउँछ । शक्तिकेन्द्रको आडमा बिओपी पुगेका इन्सपेक्टरका कारण तस्करी मौलाएको र उनीहरूमाथि कारबाही समेत हुनसकेको छैन । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]