२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

निर्वाचनको माहोलमा राजनीतिलाई लिएर निश्चल र दिपकराजको दोहोरी सुरु

Logo
प्रकाशित बुधबार, कार्तिक २३, २०७९

(ABC-Sanchar)
काठमाडौँ । अभिनेता दीपकराज गिरी समसामयिक घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा धारणा राखिरहन्छन् । यति बेला चुनावको माहोल छ, कतिपय कलाकार दल र उम्मेदवारलाई भोट माग्दै हिँडिरहेको देख्न सकिन्छ ।

यस्तोमा दीपकराजले फेसबुकमा एक स्ट्याटस लेख्दै कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘कलाकारलाई गहना किन भनेको होला रु सायद सबैले प्रिय र साझा ठानेकोले होला । त्यसैले म कुनै एक समूहको हुन सकिनँ । सबैलाई शुभकामना ।’

कलाकार गहना भएकाले सबैको प्रिय हुने र कुनै दल विशेषमा आबद्ध हुन नहुने दीपकको मत छ । पछिल्लो समय दल र उम्मेदवारको पक्षमा खुलेरै हिँडेका अन्य कलाकारप्रति उनको कटाक्ष देखिन्छ । दीपकको यो पोस्टमा थुप्रै टिका टिप्पणी आएका छन् । अर्का कलाकार तथा निर्देशक निश्चल बस्नेतले पनि दीपकको स्ट्याटसमा कमेन्ट गर्दै मुलुकलाई खाल्डोबाट जोगाउन गहनाको पनि कर्तव्य हुने उल्लेख गरेका छन् ।

निश्चलले लेखेका छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला । पेसाभन्दा पहिला देश, कि के हो दाइ ?’ निश्चल यति बेला केही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर भोट मागिरहेका छन् ।

निश्चलको कमेन्टमा दीपकले टिप्पणी गरेका छन्, ‘वकिलले राम्रो गरेन वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर । आफू जे हो त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो । हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर ?’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]