२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

देउखुरीको एक घरमा आगलागी भालुवाङ प्रहरीको टोली उद्दार

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

(सागर थापा)

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती स्थित ताराबहादुर खत्रीको खरको छाना भएको फुसको घरमा गएराती ९:१० बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् । आगलागी हुँदा घर जलेर पुर्णरूपले खरानी भएको छ ।

आगलागीबाट घरभित्र रहेको नगद रू ३० हजार, लत्ताकपडा, अन्नपात, कागजपत्र गरि करिव ६ लाख बराबरको क्षति भएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

आगोलाई स्थानीय, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजन बिक्रम शाह कमान्डमा र प्रहरी चाैकी मसुरियाका प्रहरी जवान, म्यादी प्रहरीले १ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय भालुवाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]