२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका वरिष्ठ सइ भण्डारीको हृदयघातबाट मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९


ABC (क्राईमबिट)
बाँके । नेपालगञ्जस्थित विमानस्थलको सुरक्षा प्रमुखका रुपमा कार्यरत बरिष्ठ सइ प्रेमसिंह भण्डारीको हृदयघातबाट मृत्यु भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षा डिउटीमा हुँदा उनी विमानस्थलमै ढलेका हुन् । देउवा दैलेख हुँदै बाँकेबाट धनगढी गएका थिए ।                                                                   

बाँके विमानस्थलमा प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका बेला उनी बेहोस भएर लडेका थिए । अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । मंगलबार दिउँसो करिब साढे चार बजे उनी ढलेका थिए ।

प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्ड बाँके विमानस्थलमा पुगेका थिए । त्यँही बेला उनी विमानस्थलको चौरमा ढलेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]