२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सवारी लाइसेन्स छाप्ने नयाँ ‘मास प्रिन्टर’ किन्न बोलपत्र यातायात बिभागको आह्वान

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९


(ABC-Sanchar)
काठमाडौँ । यातायात व्यवस्था विभागले थोरै समयमा धेरै स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने क्षमताको मेसिन (मास प्रिन्टर) किन्न बोलपत्र आह्वान गरेको छ । यसअघि पनि विभागले एउटा मास प्रिन्टर किनेर लाइसेन्स छाप्दै आएको छ ।

साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग धान्न नसक्ने अवस्था आएपछि विभागले मास प्रिन्टर ल्याएको थियो ।

 

अहिलेको मास प्रिन्टरले एक घण्टामा १५ सय वटा लाइसेन्स छाप्न सक्छ । कम्तीमा अहिले प्रयोगमा रहेको प्रिन्टरको क्षमता नघट्ने गरी अर्को प्रिन्टर किन्न लागिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए ।

मागअनुसार लाइसेन्स छाप्न नसकिएकाले ‘ब्याक लग’ संख्या दिनानुदिन बढ्दो छ । लाइसेन्स वितरणलाई नियमित गर्ने हो भने दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर, हाल औसत निकै थोरै मात्रामा लाइसेन्स प्रिन्ट हुन्छ ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । प्रिन्ट भने काठमाडौँको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ ।

कागजी लाइसेन्स हटाएर देशव्यापी रूपमा स्मार्ट लाइसेन्स वितरण थालेपछि लाइसेन्सको माग र छपाइको सन्तुलन मिलेको छैन । जसका कारण एक वर्षसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या छ । त्यसमाथि बेला-बेलामा छपाइ गर्ने कार्ड सकिने समस्या दोहोरिरहन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]