२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चितवन कारागारका कैदीबन्दीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने

Logo
प्रकाशित बिहिबार, मंसिर ०१, २०७९

ABC (क्राईमबिट)
चितवन । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भरतपुर कारागारमा रहेका १०१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

उनीहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका हुन् । मतदाताको अन्तिम नामावलीमा रहेका ९७ पुरुष र ४ महिला गरी १०१ कैदीबन्दीलाई मतदान गर्न मिल्ने गरी कारागारभित्रै अस्थायी मतदान केन्द्र बनाइने चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए ।

कारागारमा हाल ७९३ जना कैदीबन्दी छन् । कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]