ABC (क्राईमबिट)
काठमाडौं । गण्डकी प्रदेशका कानुनमन्त्री एवं कास्की २ (२) का उम्मेदवार विन्दुकुमार थापालाई पैसा बाँड्न आएको भन्दै समातिएका छन् । पोखरा–१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले साँझ साढे सात बजे नियन्त्रणमा लिएका हुन्।
उनलाई सुरक्षा रोहबरमा आजलाई छोडिएको छ । कास्की २ का मुख्य निर्वाचन अधिकृत दयाराम अधिकारीले बिहीबार थप छलफल गर्ने बताएका छन्।
पोखरा महानगरपालिका १६ स्थित मातृशिशु अस्पताल पछाडि टोलमा मन्त्री थापा साँझ छिरेका थिए। अर्बपति व्यापारीसमेत रहेका थापा कास्की २ को क्षेत्र नम्बर २ बाट प्रदेश सभाका उम्मेदवार छन्।
मन्त्री थापालाई करीव डेढ घण्टापछि कास्की प्रहरीले स्थानीयको नियन्त्रणबाट छुटाएर सुरक्षित लगेको छ ।