२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मङ्सिर ४ गते हुने निर्वाचनको लागि मतदान केन्द्रको सम्पूर्ण तयारी पुरा

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९

(ABC-Sanchar)
दाङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङका मतदान केन्द्रहरुको निर्माण कार्यको तयारी पुरा भएको छ । जिल्लाका १५३ मतदान स्थल र ४६५ वटा मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मतदान केन्द्रहरुको निर्माण कार्यको तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रजिअ रेग्मीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउन स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसंग छलफल गरी मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । मतदान स्थलमा सरसफाईदेखि डोरी तानेर मतदानका लागि बुथ केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

जिल्लामा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचनका लागि ३ हजार ७ सय २० कर्मचारी खटिएको प्रजिअ रेग्मीले बताए । त्यस्तै करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ ।

प्रजिअ रेग्मीले दिएको जानकारी अनुसार जिल्लामा सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको दाङमा ४ लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

जिल्लाका पाँच मतदान केन्द्रमा महिलाहरू मात्रै खटिएका छन् । मतदान अधिकृत, साहयक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र अधिकांश सुरक्षाकर्मी सबै महिला खटाइएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]