०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

यी हुन् नेपालका ७० देखि ८५ कटेका उम्मेदवारहरु

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९

 

(ABC-Sanchar)

काठमाडौँ । आज भइरहेको चुनावमा प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरू धेरै युवा छन् । तर पुराना र प्रमुख दलबाट भने ४० वर्ष कटेका उम्मेदवारको संख्या ठुलो छ । त्यसमध्ये पार्टी प्रमुख र शीर्ष नेताहरू भने ७० वर्ष कटेर पनि चुनावी मैदानमा छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष कटेका उम्मेदवारमा पर्छन् ।

मुख्य दलमा ७० वर्ष कटेको धेरै उम्मेदवार काँग्रेसका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा। शेखर कोइराला, डा। नारायण खड्का, अर्जुननरसिंह केसी लगायत सात जना उम्मेदवार ७० वर्ष कटेका छन् ।

एमालेमा ओलीसहित तीन जना उम्मेदवार ७० वर्ष कटेका छन् । पार्टी प्रवेश गराएर उम्मेदवार बनाइएका जालिम मिया र मङ्गलप्रसाद गुप्ता ७० भन्दा माथिका नेता हुन् । अरू एमाले उम्मेदवार ७० वर्ष मुनिका छन् ।

माओवादी केन्द्रबाट भने कोही पनि उम्मेदवार ७० वर्ष कटेका छैनन् । तर माओवादी केन्द्रको चुनाव चिन्हबाट भाग लिएका महिन्द्रराय यादव ८५ वर्ष पुगेका छन् । जसपाका तीन र लोसपाका चार उम्मेदवार ७० वर्ष माथिका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । यो चुनावमा सबैभन्दा जेष्ठ उम्मेदवार भने नेपाली काँग्रेस (वीपी) ले उठाएको छ । गोरखा–२ बाट उम्मेदवार बनेका टीकादत्त पोखरेल ९९ वर्ष कटेका छन् ।
यी हुन् ७० काटिसकेका नेताहरू

नेपाली काँग्रेस
कृष्णप्रसाद सिटौला (७२) झापा–३
डा. शेखर कोइराला (७२) मोरङ–६
डा. नारायण खड्का (७३) उदयपुर–१
पद्यनारायण चौधरी (७४) सिरहा–१
अर्जुननरसिंह केसी (७५) नुवाकोट–२
रामचन्द्र पौडेल (७८) तनहुँ–१
शेरबहादुर देउवा (७८) डडेलधुरा

नेकपा एमाले
केपी शर्मा ओली (७०) झापा–५
जालिम मिया (७५) पर्सा–४
मङ्गलप्रसाद गुप्ता (७७) कपिलवस्तु–३

नेकपा माओवादी केन्द्र
महिन्द्रराय यादव (८५) सर्लाही–२

नेकपा एकीकृत समाजवादी
झलनाथ खनाल (७२) इलाम–१

जसपा
राधा थापा (७०) झापा–१
वीर बहादुर राई (७०) झापा–३
नबलकिशोर साह (७३) सप्तरी–१
आनन्द यादव (७३) धनुषा–२

लोसपा
महन्थ ठाकुर (८०) महोत्तरी–३
लक्ष्मणलाल कर्ण (७५ पर्सा–१
सर्वेन्द्रनाथ शुक्ल (७२) रुपन्देही–४

जनमोर्चा
चित्रबहादुर केसी (८०) बाग्लुङ–१

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकासको बाटोमा अघि बढेको दाबी गरेका छन् । ग्वार्कोको ओभर पास उद्घाटन कार्यक्रममा बोल्दै दैलेखमा नेपाललाई कम्तीमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास पत्ता लागेकोप्रति खुसी साटेका छन् । उनले भने, ‘११२ अर्ब घनमिटर ग्यास होला लगभग, ५० वर्ष नेपाललाई पुग्ने गरी ग्याँस अब त्यहाँबाट पैदा हुन्छ । फ्लाइओभर […]

रुपन्देही । भैरहवा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवश- जुन २६, २०२५ को अवसरमा जिल्ला प्रशासन कार्यालय भैरहवा रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०५ हाटबजार स्थित जिल्ला प्रशासन कार्यालको सभाहलमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम गोङ्गबु स्थित नयाँबसपार्कमा शुक्रबार सम्पन्न भएको छ । मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्ने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र सडकप्रतिको नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित सडक र सवारी लक्षित […]

error: Content is protected !!