२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सप्तरीमा सिके रावतको जनमत पार्टीको तेस्रो जित

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

(ABC-Sanchar)
राजविराज । जनमत पार्टीले सप्तरीमा तेस्रो जित हात पारेको छ । यसअघि सप्तरी २(१) र सप्तरी २(२) मा जित हात पारेको जनमत पार्टीले पछिल्लो पटक सप्तरी ३(२) मा जित हात पारेको छ ।

 

सप्तरी-३(२) मा जनमत पार्टीका शम्भुकुमार साहले बिदेश्वरप्रसाद यादवलाई ४८ मतले हराएका हुन् ।
साहले १० हजार ८ सय ६२ मत ल्याउँदा यादवले १० हजार ८ सय १४ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेसका भगवतीप्रसाद यादवले ९ हजार २ सय १ मत ल्याएका छन् ।

जनमत पार्टीले सप्तरी २ प्रतिनिधिसभामा पनि फराकिलो अग्रता बनाएको छ । त्यहाँ जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले ३१ हजार ९ सय ६३ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले १५ हजार ५ सय ८५ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]