२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेमा प्रदेश सभाका दुवै सिटमा जसपाको जित

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

(ABC-Sanchar)
बाँके । प्रदेशसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ बाँके क्षेत्र नम्बर २ अन्तर्गतका दुवै सिटमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । बाँके–२ को प्रदेशसभा १ मा जसपाका भण्डारीलाल अहिर र प्रदेशसभा २ मा आदेशकुमार अग्रवाल विजयी भएका हुन् ।

प्रदेशसभा १ मा भण्डारीलाल अहिर ११ हजार ५०४ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजयबहादुर यादवले ९ हजार ३५८ मत पाए । यस्तै, नेपाली कांग्रेसका राजकुमार कुर्मीले ८ हजार ७३१ मत पाए ।

प्रदेशसभा २ मा जसपाका आदेशकुमार अग्रवाल ८ हजार २४६ मतसहित निर्वाचित हुँदा एमालेका निरकबहादुर गुरुङले ६ हजार ७०९ मत पाए । तेस्रो स्थानमा रहेका कांग्रेसका सुरेन्द्रबहादुर हमालले ६ हजार २४७ मत पाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]