२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

निर्वाचनको बेला डोल्पामा अलपत्र कर्मचारीलाई हेलिकोप्टरबाट उद्धार हुँदै

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९


(ABC-Sanchar)
डोल्पा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकोप्टर दुनै पुगेको छ ।

जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकोप्टर दुनै पुगेको हो ।

समुद्री सतहदेखि चार हजार १० मिटर उचाइ रहेको माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारी रोकिएको समाचार बुधबार प्रकाशन भएसँगै उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्न लागिएको हो ।

मौसम सफा भए पनि हावा चलिरहेकोले हेलिकप्टर त्यहाँ जान नसकेर दुनैमा अवतरण गरिको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । “उच्च हिमाली क्षेत्रको हावाको गति कम हुने वित्तिकै होलिकप्टर कर्मचारी लिन जान्छ,” उनले भने, “एक पटकमा १८ जना ल्याउन सकिन्छ ।”

डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बुधबारदेखि आयोगसँग पहल गरे पनि ढिलो भएको र सम्भवतः आजै सबै कर्मचारी सदरमुकाम दुनै ल्याइने बताए । माथिल्लो डोल्पामा दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चुनावमा खटिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

error: Content is protected !!