०७ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

निर्वाचनको बेला डोल्पामा अलपत्र कर्मचारीलाई हेलिकोप्टरबाट उद्धार हुँदै

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९


(ABC-Sanchar)
डोल्पा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकोप्टर दुनै पुगेको छ ।

जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकोप्टर दुनै पुगेको हो ।

समुद्री सतहदेखि चार हजार १० मिटर उचाइ रहेको माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारी रोकिएको समाचार बुधबार प्रकाशन भएसँगै उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्न लागिएको हो ।

मौसम सफा भए पनि हावा चलिरहेकोले हेलिकप्टर त्यहाँ जान नसकेर दुनैमा अवतरण गरिको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । “उच्च हिमाली क्षेत्रको हावाको गति कम हुने वित्तिकै होलिकप्टर कर्मचारी लिन जान्छ,” उनले भने, “एक पटकमा १८ जना ल्याउन सकिन्छ ।”

डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बुधबारदेखि आयोगसँग पहल गरे पनि ढिलो भएको र सम्भवतः आजै सबै कर्मचारी सदरमुकाम दुनै ल्याइने बताए । माथिल्लो डोल्पामा दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चुनावमा खटिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् । यस्तो छ गुरुङको स्पष्टीकरण मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण- पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ। “२५ […]

बाँके । सस्तोको आशामा सीमापार जानेहरू भाडा, समय, लामो लाइन र भन्सारको झन्झटले थकित भएर फर्किन्छन्। अन्त्यमा न सस्तो, न सजिलो—यो त सस्तोको भ्रम मात्रै हो। हामीलाई बाहिर जानु रहर होइन, बाध्यता हो। किनकि आफ्नै देशमा बजार महँगो, अव्यवस्थित र असहज छ। अब सरकारले बुझ्नुपर्छ— जनतालाई बाहिर धकेल्ने होइन, नेपालमै किनमेल गर्न सकिने वातावरण बनाउनुपर्छ। […]

चितवन । पानीसँगै आएको असिनाले आइतबार चितवन कुरिनटार क्षेत्रमा ७४ गाडीमा क्षति पुगेको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार असिनाले लागेर ५७ वटा कार, १५ वटा माइक्रो बस र एक एकवटा ट्रक र मोटरसाइकलमा असर परेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले हिजो आइतबार साँझपख चार बजेर ५५ […]

error: Content is protected !!