२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी बल, नेपालका जबान घुससहित पक्राउ

Logo
प्रकाशित शुक्रबार, मंसिर ०९, २०७९

सशस्त्र प्रहरी बल, नेपालका जवान मुख्तार देवान घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ७ हजार रुपैयाँ घुससहित शुक्रबार पक्राउ गरेको हो। नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत जवान मुख्तार लाई प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियाबाट नियन्त्रण्मा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनले महेशपुर सीमा नाकाबाट सामानहरू खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो।

उजुरीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सो घुस रकमसहित पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]