२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रशासकीय अधिकृत डाँगीको बिरोधमा लमही नगरमा कर्मचारी कालोपट्टी बाँधेर आन्दोलनमा किन ?

Logo
प्रकाशित सोमबार, मंसिर १२, २०७९


(ABC-Sanchar)
दाङ । कार्यकारीलाई लमही नगरपालिका बाट लखेट्न भन्दै उनिहरु आन्दोलित बनेका हुन् । ४९ जना कर्मचारीहरु एकताबद्ध बन्दै हातमा कालो पट्टि बाँधेर कार्यकारीको बिरोधमा उत्रिएका छन् । आईतबार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुले कार्यकारीको ज्यादती बिरुद्धको आन्दोलन रहेको बताए । उनिहरुले आईतबार प्रमुख उपप्रमुख सहित कार्यपालिका सदस्यहरुलाई एक सुत्रिय माग सहित ज्ञापनपत्र बुझाएका छन् । यो भन्दा अगाडी कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय दाङमा समेत ज्ञापनपत्र बुझाईसकेका छन् ।
कार्यकारी डाँगीले पटक–पटक आफु अनुकुल निर्णय गरि कर्मचारीलाई दरबन्दी नभएको ठाउँमा सरुवा गर्ने, लोकसेवा आयोगबाट नियुक्ती लिदा तोकिएको सेवा समुह भन्दा फरक स्थानमा कामकाज गर्न खटाउने, कर्मचारी माथी शोषणदमन ज्यादती गर्दै आएको उनिहरुको आरोप छ ।कर्मचारीहरुलाई अनावश्यक रुपमा नीति नियम, विधि पद्धती भन्दा बाहिर गएर आफु खुसी एक तर्फी रुपमा दरबन्दी विना मातहतको कार्यालयमा खटाईएको, कर्मचारीहरुलाई कानुनी प्रक्रिया विना ई–हाजिरबाट नाम हटाई हाजिर हुनबाट बञ्चित गरेको, लमही नगरपालिका अन्तरगतका कार्यालयका कर्मचारीहरुलाई कार्यसम्पादन मुल्यांकनको डर त्रास देखाई अनावश्यक दवाव सृजना गरेको आरोप लगाइएको छ ।

‘राईट म्यान ईन राईट प्लेस’को सिद्धान्त विपरित कर्मचारीलाई आफु खुसी कार्य जिम्मेवारी दिने गरेको, प्रशासनिक कर्मचारीलाई प्राविधिक क्षेत्रमा र प्राविधिक कर्मचारीलाई प्रशासनिक क्षेत्रमा जिम्मेवारी दिएको, योग्यता प्रणालीबाट नियुक्त र्कचारीलाई गरिने निर्देशन कार्य पद्धती हिटलरी शासन भन्दा कम नभएको आरोप कर्मचारीले लगाएका छन् । लमही नगरपालिकाको कर्मचारी प्रशासनमा लुट प्रणाली स्थापीत गर्न खोजिएको, एउटै कर्मचारीलाई पटक–पटक सरुवा गरी मानसिक तनाव दिएको, महिनौं सम्म कर्मचारीहरुलाई पदिय जिम्मेवारी नदिई सजाय दिएको, जुन निजामती सेवा ऐन, नियम विपरित रहेको विज्ञप्तीमा उल्लेख छ । कर्मचारीहरुले एउटै माग दर्साएका छन् । त्यो हो कार्यकारी गेहेन्द्र बहादुर डाँगीको सरुवा । डाँगी लमही नगरपालिकामा रहँदा सम्म लमही नगरको कामकाज सहित सम्पुर्ण वडा कार्यालयहरु ठप्प पारिने कर्मचारीहरुले चेतावनी दिएका छन् । गेहेन्द्र बहादुर डाँगी सँग कुनै हालतमा काम गर्न नसकिने पशु शाखा प्रमुख शिबराज न्यौपानेले बताए । डाँगी यहाँ रहदा सम्म हामी सबै कर्मचारीले वडादेखि नगर सम्मका कामहरु बन्द गरिने बताए ।
यो भन्दा अघिपनि ४७ जना कार्यपालिका सदस्यहरुले डाँगी सरुवा भएर लमहीमा आए लगत्तै आन्दोलन गरेका थिए । कार्यपालिका सदस्यहरुले चरणबद्व आन्दोलनका क्रममा नगरपालिकाको मुलगेटमा ताला समेत लगाएका थिए । चुनाबका कारण आंचारसंहिता लागू भएसँगै कार्यपालिका सदस्यहरुको आन्दोलन पुन:सुचारु हुनेगरी स्थगित भएको थियो । चुनाब लगत्तै कर्मचारीहरु स्वयम् आन्दोलित बनेपछि सम्पुर्ण वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरुले कर्मचारीको आन्दोलनलाई समर्थन गरेका छन् ।ज्ञापनपत्र बुझ्दै कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले कर्मचारीको आन्दोलनलाई समर्थन गरिने बताए । गेहेन्द्र बहादुर डाँगीलाई आफुहरु पनि स्विकार्न असमर्थ रहेको तर प्रमुख र उपप्रमुखले काखी च्यापेका कारण समस्या श्रृजना भएको बताए । “प्रमुख उपप्रमुखले गेहेन्द्र गेहेन्द्र भन्दै हिड्नुहुन्छ, कस्तो जाल फिजाएछन गेहेन्द्रले! वडाध्यक्ष सुबेदीले भने-गेहेन्द्रलाई छोडिदिनुस, हामी तपाईलाई सफल बनाउँछौ ।”

त्यस्तै कार्यकारीले प्रमुख र उपप्रमुखलाई प्रभाबमा पारेकाले ठुलै चलखेल भएको हुनसक्ने आशंका उत्पन्न भएको बताए । गेहेन्द्र बहादुर डाँगीको लागि भएको यो आन्दोलन कुनै नौलो त होईन । उनी लमही नगरमा आएदेखी यस्ता बिरोधका आवाजहरु उठि रहन्छन । फेरि सरुवा भएर जाने र फर्किने क्रमपनि चलिरहन्छ । उनी सरुवा भएर जाँदा कार्यरत कर्मचारीहरु खुसीको आभासमा रहन्छन । गेहेन्द्र बहादुर डाँगी जब फेरि सरुवा मिलाएर लमही नगरमा फर्किन्छन तब कर्मचारीहरुलाई टचर हुन्छ एक कर्मचारीले भने । आग्रह पुर्बाग्रहका कारण गेहेन्द्र बहादुर डाँगीले दर्जनौ कर्मचारीको जागीर बर्खास्त गरिदिएको उदाहरण हरु छन एक कर्मचारीले भने-मन नपरेका कर्मचारीहरुलाई तनाब श्रृजना गरि जवरजस्ती सरुवा सहमती लिन बाध्य तुल्याउँछन ।

२०७६ सालमा उनी लमही नगरमै रहँदा १९ जना करार कर्मचारीको जागीर बरखास्त गरिदिएका थिए । सोही समयमा समय सकिएर आएको टेण्डर फर्मलाई दर्ता नगरेको झोंकमा कार्यकारीले १ जना कर्मचारीको जागिर बरखास्त सहित २ जनालाई जवरजस्ती सरुवा सहमती लिन बाध्य पारेका थिए । त्यस यता पनि डाँगीका यस्ता ज्यादतीहरु छरपष्ट छन् । अधिकृत छैँठौ तहको कर्मचारीलाई पाँचौ तहको दरबन्दी रहेको लमही अस्पतालमा सरुवा सहमती लिन बाध्य बनाएपछी कर्मचारीहरु आन्दोलित बनेका हुन् ।
यो भन्दा अघिपनि ४७ जना कार्यपालिका सदस्यहरुले डाँगी सरुवा भएर लमहीमा आए लगत्तै आन्दोलन गरेका थिए । कार्यपालिका सदस्यहरुले चरणबद्व आन्दोलनका क्रममा नगरपालिकाको मुलगेटमा ताला समेत लगाएका थिए । चुनाबका कारण आंचारसंहिता लागू भएसँगै कार्यपालिका सदस्यहरुको आन्दोलन पुन:सुचारु हुनेगरी स्थगित भएको थियो । चुनाब लगत्तै कर्मचारीहरु स्वयम् आन्दोलित बनेपछि सम्पुर्ण वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरुले कर्मचारीको आन्दोलनलाई समर्थन गरेका छन् ।ज्ञापनपत्र बुझ्दै कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले कर्मचारीको आन्दोलनलाई समर्थन गरिने बताए । गेहेन्द्र बहादुर डाँगीलाई आफुहरु पनि स्विकार्न असमर्थ रहेको तर प्रमुख र उपप्रमुखले काखी च्यापेका कारण समस्या श्रृजना भएको बताए । “प्रमुख उपप्रमुखले गेहेन्द्र गेहेन्द्र भन्दै हिड्नुहुन्छ, कस्तो जाल फिजाएछन गेहेन्द्रले! वडाध्यक्ष सुबेदीले भने-गेहेन्द्रलाई छोडिदिनुस, हामी तपाईलाई सफल बनाउँछौ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]