२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सीके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टी बन्यो राष्ट्रिय पार्टी

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९

(ABC-Sanchar)
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो ।

समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो ।

थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भए पनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ ।

यससँगै थ्रेस होल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले भने अहिले सम्म थ्रेस होल्ड कटाउने मत प्राप्त गर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]