२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्याय विरुद्ध प्रहरी हेडक्वार्टरमा उजुरी

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्याय विरुद्ध मातहतका प्रहरीले प्रहरी प्रधान कार्यालया उजुरी गर्न थालेका छन् । लाइन नबुझाएको आरोपमा दुःख दिन थालेको भन्दै उनीहरुले आफ्नै हाकिमविरुद्ध मौखिक उजुरी दिन थालेको स्रोतले बताएको छ ।

डिआइजी उपाध्यायले सीमा चौकीका इन्चार्जदेखि जिल्ला प्रहरी प्रमुखसम्म लाइन मागेको स्रोत बताउँछ । यसरी नबुझाउने कतिपयलाई कारबाहीको धम्की दिदै आएका छन् ।

आइतबार डिआइजी उपाध्यायले प्रदेशभरीका इन्चार्जहरुलाई भेट्न बोलाएका थिए । जुन भेटमा उनले चुनावमा आएको बजेटबाट बचेको केही रकम बुझाउन भनेको एक अधिकृत बताउँछन् । कमाउने अधिकृतहरु उनको निर्देशनबाट हौसिएका छन् भने इमान्दारहरु पीडित बनेका छन् । कपितय लेखापालहरु समेत डिआइजीबाट पीडित बनेको स्रोत बताउँछ ।

सीमा नाकामा डिआइजी उपाध्याय आफैंले इन्चार्जहरु खटाएका छन् । सुरु सरुवामै एडभान्स पैसा उठाउने गरिएको आरोप छ । त्यसरी खटिएकाहरुको ध्यान नै कमाउनेमा हुने भएकाले सीमा क्षेत्रमा तस्करी मौलाएको छ । पश्चिम नवलपरासी  नेपालगन्ज देखि बर्दियासम्मका नाकामा बेथिती बढेको छ । यसरी कमाएको पैसाले नै एआइजी हुने भन्दै डिआइजी उपाध्यायले प्रदेशमा आतंक मच्चाएको स्रोतले बताएको छ ।

उता चुनावको नजिता नआउँदै गृह मन्त्रालयले एआइजी बढुवाको गृहकार्य अघि बढाएको छ । चुनावमा पराजीत भएका

गृहमन्त्री बालकृष्ण खाणले बढुवा प्रक्रिया अघि बढाएको गृह स्रोतले बताएको छ । छिट्टै मन्त्री पदबाट हट्नुपर्ने भएपछि उनले आफ्नै कार्यकालमा एआइजी बढुवा गर्न लागेका छन् । त्यसका लागि निर्वाचन आयोगसँग समेत सहमति लिइसकेको स्रोत बताउँछ ।

एआइजीका हाल चार सिट रिक्त छन् जसमा १६ जना डिआइजी प्रतिस्पर्धामा छन् । सिनियर टोलीबाट नलप्रसाद उपाध्याय, मोहन आचार्य, मसउन आलम खाँ छन् । उनीहरु कार्यक्षमतामा कमजोर भएकाले बढुवा हुने सम्भावना कम छ ।

त्यस्तै, नयाँ टोलीबाट बसन्तबहादुर कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, किरण बज्राचार्य, सन्दीप भण्डारी, रामदत्त जोशी, मिरा चौधरी, किरण राणा, दुर्गा सिंह, भिम ढकाल लगायत प्रतिस्पर्धामा छन् । अहिले बढुवा हुने चैतमा आइजिपीको दाबेदार हुने भएकाले यो बढुवामा ठूलै संघर्ष हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]