०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

रूपक राईको नेतृत्वमा २०३ जना नेपाली शान्ति सैनिक मिनुस्का मिशन प्रस्थान

Logo
प्रकाशित बिहिबार, मंसिर १५, २०७९

नेपाली सेनाले मध्य अफ्रिकी गणतन्त्रमा शान्ति स्थापना कार्यका लागि नेपाली शान्ति सैनिकको टोली पठाएको छ।

कालीजंग गण लाइट इन्फन्ट्री बटालियन पहिलो डफ्फाको पहिलो टोलीका २०३ जना नेपाली शान्ति सैनिक सेनानी रूपक राईको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेका हुन्।

मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिशन (मिनुस्का)मा तैनाथ हुन उक्त टोली बुधबार मिशन इलाका गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले शान्ति स्थापना कार्यका लागि विश्वका विभिन्न द्वन्द्वरत मुलुकहरूमा नेपाली शान्ति सैनिक पठाउँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!