२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

तुलसीपुर महोत्सव विराेध पछि स्थगित

Logo
प्रकाशित शुक्रबार, मंसिर १६, २०७९


(केभी निस्चल)
दाङ । तुलसीपुरमा आजदेखि सञ्चालन हुने भनिएको महोत्सव स्थगित भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सले विरोध गरेपछि तत्काललाई महोत्सव स्थगित भएको हो ।

महोत्सव बन्द गर्न भन्दै तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्सलगायतका व्यावसायिक संस्थाहरुले विरोध जनाएपछि विहीबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । यस्तै क्लबले पुनः महोत्सव सञ्चालन गर्न चाहेमा ब्यापारिक स्टलमा राखिने सामग्रीको लिस्ट संघ र च्याम्बरले तोके बमोजिम हुने सहमति गरिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले कार्यविधि बनाएपछि मात्रै मेला महोत्सव लगाउने पनि सहमति भएको छ । बैठकमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, क्लबका अध्यक्ष अरुण लहरेलगायतको सहभागितामा यस्तो सहमति भएको हो ।


महोत्सव लगाउन नदिनका लागि तुलसीपुरका व्यवसायीहरु बुधबारदेखि विरोध गर्दै आएका थिए । विरोधमा तुलसीपुर बजारनै बन्द गराएका थिए । बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, व्यापारी लगायतले तुलसीपुर उपमहानगरपालिकामा तालाबन्दी समेत गरेका थिए । युथ क्लब अफ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको होे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]