२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सांसद चौधरीद्धारा विकासका लागि पालिकामा पुगेर छलफल सुरु

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९

नवलपरासी , १७ मङ्सीर । संघीय सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी बिकासका काम अघि सुरु गर्नुभएको छ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य चौधरी आफ्नो निर्वाचन क्षेत्रलाई चौतर्फी रुपमा बिकास तथा सम्बृद्धि तर्फ अघि बढाउन सवै पालिकामा पुगेर छलफल अघि बढाउनुभएको हो ।
चौधरीले पहिलो चरणमा बर्दघाट नगरपालिका , प्रतापपुर गाउंपालिका र सुस्ता गाउंपालिकामा जनप्रतिनिधीहरु संग छलफल गरी बिकासका लागी काम अघि बढाउनुभएको छ । चौधरीले छिट्टै सरावल गाउंपालिकाका जनप्रतिनिधी संग समेत छलफल गरिने कार्यक्रम छ ।
चौधरीले छलफलको क्रममा यस क्षेत्रको चातर्फी विकासका लागि पालिकाहरु संग समन्वय गरी यस क्षेत्र भौतिक पुर्वाधार सहित शिक्षा, स्वास्थ्य , खानेपानी , स्वरोजगार लक्षीय योजनाहरु प्राथमिकताका साथ अघि बढाईने चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा हालसम्म निर्माणाधिन अवस्थामा रहेको विभिन्न सडक सन्जाल , पुल , बाटो घाटो सहित विभिन्न योजनाहरुलाई तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफु यस क्षेत्र केन्द्रिय हुने चौधरीले बताउनुभयो ।
तस्विर ः पलिकामा जनप्रतिनिधि संग छलफल गर्दै चौधरी

फरक क्षमता भएका समुदायलाई राज्यले उचित स्थान दिनुपर्ने ः सांसद चौधरी
नवलपरासी , १७ मङ्सीर । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीले फरक क्षमता भएका ( अपाङ्ग ) समुदायलाई राज्यले उचित स्थान दिनुपर्ने बताउनुभएको छ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य चौधरीले आज चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका भित्र रहेका फरक क्षमता भएका व्यक्तीहरुलाई उपलब्ध गराएको सहायता सामाग्री हस्तान्तरण गर्दै यस्तो बताउनुभएको हो ।
यो देशको चौतर्फी बिकासमा फरक क्षमता भएका ( अपाङ्ग ) सामुदायको उत्तिकै महत्व रहेको जिकिर गर्दै सांसद चौधरीले फरक क्षमता भएका ( अपाङ्ग ) सामुदायको उचित सहयोग र सहकार्य गर्न राज्य थप लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो क्रममा चौधरी फाउण्डेसका सचिव सारिका चौधरीले फाउण्डेसन हरेक नेपालीको खुस दुखमा साथमा रहदै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०७९ को अवसर पारेर चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका र सुस्ता गाउंपालिकामा विभिन्न सहायता सामाग्री (हृवीलचेयर , एयरफोन , वालकर , सेतोछडी , बैशाखी ) लगायतका सामाग्री उपलब्ध गराएको छ ।
तस्विर ः बर्दघाटमा सामाग्री हस्तान्तरण गर्दै सांसद चौधरी र चौधरी फाउण्डेसका सचिव सारिका चौधरी लगायत ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]