०१ आश्विन २०८१, मंगलबार
17-09-2024 , Tue
×

अनलाइन मिडियाको संख्या ३ हजार ७०३ सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना

Logo
प्रकाशित सोमबार, मंसिर १९, २०७९

(ABC-Sanchar)

काठमाडौं । प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ ।

हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरुलाई सूचीकरण अद्यावधिक गर्न आउन भनेको हो ।

आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने मापदण्ड रहेको स्मरण गराउँदै काउन्सिलले सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न आग्रह गरेको हो । अन्यथा सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी छ ।

यो पढ्न छुटाउनु भयो कि
. सञ्चार माध्यमको मास्टहेड दुरुपयोग भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण
. ८४ वटा सञ्चार माध्यमले प्रकाशन/प्रशारण गरे आचारसंहिता प्रतिकूल सामग्री
. निर्वाचन आयोगपछि प्रेस काउन्सिलले सेतोपाटीलाई सोध्यो स्पष्टीकरण
. १७ वटा सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण
. फेक समाचारको कारखानै खुल्न सक्छ, सतर्क होऔं : अध्यक्ष बस्नेत
‘अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड २०७८ को बुँदा नं. १० मा ’अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा काउन्सिलमा सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले निम्नानुसारका कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गराउन यो सूचना जारी गरिएको छ ।

तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने बेहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ’, उपप्रशासकीय अधिकृत रामशरण बोहराले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रूपमै दर्ता हुन टिकटकले इमेल गरेको हो । सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

  ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नं. १४ ढोडेनी टोल स्थित वडा प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी नायब निरीक्षक तुल बहादुर वि क को कमाण्ड प्रहरी टोली खटिई ऐ ऐ १४ ढेडेनीटोलका स्थानीय व्यक्तिहरुलाई आत्महत्याको परिचय, आत्महत्याको कारण, न्यूनिकरणका उपायहरु, आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा भएको कानूनी व्यवस्था लगायत विषयमा सचेतनामूलक जानकारी दिनु भएको […]

  (ABC-Sanchar) काठमाडौं । पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै प्रेस काउन्सिलले एक टेलिभिजन पत्रकारलाई सोमबार सोधपुछ एक सरकारी कार्यालयमा रिपोटिङ गर्ने क्रममा स्पेस फोके टिभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको […]

error: Content is protected !!