२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको बंगलाचुलीमा रहेको रेडियोमा एक समूहले तोडफोड चौतर्फी बिरोध

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९


(ABC-Sanchar)
दाङ । सोमबार दिउँसो साढे १ बजे केही ब्यक्ति रेडियोमा प्रवेश गरी तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेको रेडियोका कार्यक्रम संयोजक भूपेन्द्रप्रकाश वलीले बताए । उनले रेडियोमा तोडफोड, कार्यालयको आन्तरिक कागजपत्र च्यातेको, सञ्चारकर्मीलाई हातपात गरिएको बताए ।

एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य भेषराज खत्रीसहित ५० जनाको समूहले रेडियोमा आक्रमण गरेको वलीको भनाइ छ ।

रेडियोमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार संघ दाङले विरोध जनाएको छ । महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको बताएको छ ।

प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली, नेपाल प्रेस युनियन शाखा दाङका कार्यबाहक अध्यक्ष नारायण खड्काले पनि विज्ञप्ति जारी गरी सञ्चार माध्यम र उत्पादित समाचार तथा कार्यक्रममा चित्त नबुझेमा कानुनी उपचार हुँदाहुँदै आक्रमण गर्नु निन्दनीय भएको बताएका छन् । उनीहरुले घटनामा संलग्नलाई कारबाहीको माग पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]