२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कालिकोटमा घरेलु मदिरामा प्रहरीको तीब्र कडाइ

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९

ABC (क्राईमबिट)
कालीकोट । जिल्लाको सदरमुकाम मान्म बजारको दुई तर्फिबाट आइतबार दिउँसो प्रहरीको अप्रेस सुरु भयो । सुरुमा देख्नेले कुनै ठूलै घटना भएको र त्यसको तयारीमा प्रहरी तैनाथ भएको अनुमान गरे । तर केही छिनमा स्थानीयको अनुमान गलत भयो । प्रहरीले होटल तथा कोठाबाट ड्रमहरू सडकमा जम्मा गरे ।

गएको वर्ष फागुन महिना यता मदिरा नियन्त्रणमा प्रहरीले खासै चासो दिएको थिएन । सदरमुकाम मान्म तथा आसपासका क्षेत्रमा अवैध मदिराका कारण १४ वर्षदेखि माथिका बालबालिका तथा अन्य नागरिक अपराधजन्य घटनामा सहभागी हुन थालेका र मदिराकै कारणले घरेलुहिंसा बढ्दै गएपछि प्रहरीले घरेलु मदिरा नियन्त्रणको अभियान चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले जिल्ला सदरमुकामसँगै जिल्लाका नौ वटै स्थानीय तहमा घरेलु मदिरा जफत गर्ने बताउनुभयो । गाउँमा यसकै कारणले विवाद हुने र घटना हुने, बाटोमा हिँड्ने बटुवाले समेत घरेलु मदिरामा सस्तोमा पाउने भएकाले सेवन गरेर अकालमै ज्यान जाने हुँदा नियन्त्रणका लागि जिल्लाबाटै सुरु गरेको सुनाउनुभयो ।

एकै दिनमा प्रहरीले अवैध घरेलु मदिरा ३५ लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पाँच सय ४० लिटर, मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा ४ थान नियन्त्रण गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक यज्ञराज जोशीले आफ्नो कमाण्डमा गएको टोलीले शङ्कास्पद होटलबाट मात्र यतिको परिणाममा मदिरा र मदिरा बनाउन प्रयोग हुने वस्तुलाई ल्याएर नष्ट गरेको सुनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]