२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कालिकोटमा घरेलु मदिरामा प्रहरीको तीब्र कडाइ

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९

ABC (क्राईमबिट)
कालीकोट । जिल्लाको सदरमुकाम मान्म बजारको दुई तर्फिबाट आइतबार दिउँसो प्रहरीको अप्रेस सुरु भयो । सुरुमा देख्नेले कुनै ठूलै घटना भएको र त्यसको तयारीमा प्रहरी तैनाथ भएको अनुमान गरे । तर केही छिनमा स्थानीयको अनुमान गलत भयो । प्रहरीले होटल तथा कोठाबाट ड्रमहरू सडकमा जम्मा गरे ।

गएको वर्ष फागुन महिना यता मदिरा नियन्त्रणमा प्रहरीले खासै चासो दिएको थिएन । सदरमुकाम मान्म तथा आसपासका क्षेत्रमा अवैध मदिराका कारण १४ वर्षदेखि माथिका बालबालिका तथा अन्य नागरिक अपराधजन्य घटनामा सहभागी हुन थालेका र मदिराकै कारणले घरेलुहिंसा बढ्दै गएपछि प्रहरीले घरेलु मदिरा नियन्त्रणको अभियान चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले जिल्ला सदरमुकामसँगै जिल्लाका नौ वटै स्थानीय तहमा घरेलु मदिरा जफत गर्ने बताउनुभयो । गाउँमा यसकै कारणले विवाद हुने र घटना हुने, बाटोमा हिँड्ने बटुवाले समेत घरेलु मदिरामा सस्तोमा पाउने भएकाले सेवन गरेर अकालमै ज्यान जाने हुँदा नियन्त्रणका लागि जिल्लाबाटै सुरु गरेको सुनाउनुभयो ।

एकै दिनमा प्रहरीले अवैध घरेलु मदिरा ३५ लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पाँच सय ४० लिटर, मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा ४ थान नियन्त्रण गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक यज्ञराज जोशीले आफ्नो कमाण्डमा गएको टोलीले शङ्कास्पद होटलबाट मात्र यतिको परिणाममा मदिरा र मदिरा बनाउन प्रयोग हुने वस्तुलाई ल्याएर नष्ट गरेको सुनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!