२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मुख्यमन्त्रीको कार्यालय लुम्बिनी प्रदेश स्थायी राजधानीमा दाङको भालुवाङमा सर्‍याे

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९


(ABC-Sanchar)
दाङ । भालुवाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको कार्यालय सारिएको छ। गएराती अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय सारिएको हो। बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु राती तीन वटा ट्रकमा सारिएको जनाइएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय सारेपछि अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै गर्नेछन्।

मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि देउखुरीमा रहेको भवन मर्मत गरिएको थियो। स्थायी राजधानी कार्यान्वयनका लागि मुख्यमन्त्री केसीले केहि दिन देखि देउखुरीमै बसेर तयारी गरिरहेका थिए। नव निर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ पनि स्थायी राजधानीमै गर्नेगरि तयारी प्रदेश सरकारले गरेको छ। मुख्यमन्त्री कार्यालय स्थानान्तरण भएपछि अब मन्त्रालयहरु प्नि यसै महिना भित्रै सारि सक्ने निर्णयमा प्रदेश सरकार पुगेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]