०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

लुम्बिनी प्रदेशको राजधानी दाङमा सार्ने मुख्यमन्त्री केसीलाई भव्य सम्मान स्वागत

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९


(ABC-Sanchar)
दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्रि कुलप्रसाद केसीलाई दाङमा स्वागत तथा सम्मान गरिएको छ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी कार्यान्वयन गरेकाे भन्दै केसीलाई जिल्ला समन्वय समिती दाङले स्वागत तथा सम्मान गरेकाे हाे । अस्थायी मुकाम बुटवलबाट राजधानी सारेकाे भन्दै बुटवलमा अालाेचनाकाे स्वर सुनिदा दाङमा मुख्यमन्त्री केसीलाई सम्मान गरिएको हाे ।

स्थायी राजधानीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती गाउँपालिका-३ मसुरियामा स्थापना गरिएको छ । बुटवलमा रहेकाे अस्थायी मुकाम राजधानीमा स्थानान्तरण गरिएको हाे ।

दुई बर्ष अघि प्रदेश सभाकाे दुई तिहाइ बैठकले २०७७ असाेज २० मा निर्णय पारित गरेकाे थियाे । राजधानी कार्यान्वयनलाई उत्साहकाे रुपमा लिन जिल्ला समन्वय समितिले मुख्यमन्त्री केसीकाे उपस्थितिमा स्थानीय तहका प्रमुख/उपप्रमुखकाे सहभागीतामा बैठक बसेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ। वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ। मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

error: Content is protected !!