२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गृहमन्त्रालयले केही दिन भित्रमा एक दर्जन जिल्लाका एसपीहरुको सरुवा गर्ने तयारी

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सरुवाको तयारी थालेका छन् । सरुवाका लागि गृहमन्त्री निकट बिचौलियाहरू सक्रिय भएका छन् ।

नेपाल प्रहरीमा एक दर्जन जिल्लाका एसपीको एक वर्ष अवधि पुगेको छ । त्यसमा तराईका पर्सा, बाँके जस्ता जिल्लासमेत छन् । ती जिल्लामा एसपीको सरुवाका लागि लाखौंको आर्थिक चलखेल हुने गरेको छ ।

पर्साका एसपी रमेश बस्नेत, धनुषाका बसन्त रजौरे, बाँकेका श्यामकृष्ण अधिकारी, सप्तरीका अविनारायण काफ्ले, तनहुँका राजेन्द्रबाबु रेग्मी, स्याङजाका राजीव बस्नेत, धादिङका राकेश सिंह, कैलालीका सोमेन्द्रसिंह राठौर लगायतको सरुवा गर्न लागिएको स्रोतले बताएको छ ।

त्यस्तै, झापाका विश्वमणि पोखरेल, सिराहाका अर्जुनप्रसाद तिमल्सिना, काभ्रेका चक्रराज जोशी, कञ्चनपुरका श्यामसिंह चौधरी, पाल्पाका जनकबहादुर शाहीको पनि ११ महिना नबित्दै सरुवा हुने सम्भावना छ ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीको त डेढ वर्ष भइसकेको छ । चलखेलकै आधारमा उनले आफ्नो सरुवा रोक्दै आएका छन् । अब सरुवा हुँदा पनि लुम्बिनी ट्राफिक मागेका छन् । सरुवाका लागि आर्थिक डिल गर्दै बिचौलिया हावी भएकाले खराब आचरण भएकाहरूले जिल्ला इन्चार्ज पाउने सम्भावना छ ।

पुरानो ब्याचबाट कृष्ण कोइराला, कमल थापा, दानबहादुर मल्ल, सन्तोषसिंह राठौर, भिम दाहाल, प्रज्वल महर्जनलगायत प्रतिस्पर्धामा छन् ।

गत असारमा बढुवा भएका ३६ एसपी पनि अब जिल्ला जाने दौडमा छन् । जसमा देवेन्द्र पाल, सिताराम रिजाल, भिमकिरण बोगटी, सुमन तिमल्सिना, सुमन पौडेल, विष्णुहरी कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरी रेग्मी, रञ्जितसिंह राठौर, नेत्रमणि गिरी, अवदेश बिष्ट, बिनोद शर्मा, मित्रबन्धु शर्मा छन् । त्यस्तै, रामबहादुर केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, संजय राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द लिम्बु, कोमल शाह, नरेशराज सुवेदी, भरत बिक, सुधीरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्र खड्का, काजी आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्धि बज्राचार्य, माधव बुढाथोकी, गौतम मिश्र, नबिनकिशोर प्रधान र मोहन थापा छन् ।

यसअघि सरुवामा सरकारले चरम राजनीतिकरण गरेको थियो । अहिले काम चलाउ सरकारले सरुवा गर्ने सम्भावना भएकाले झन् धेरै चलखेल हुने जोखिम छ । यस्तो चलखेल रोक्न प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहका लागि चुनौती बनेको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बलमा पनि गणपति र गुल्मपतिको सरुवाको समय भएकाले सरुवाको चलखेल सुरु भएको छ । तर, सशस्त्र प्रहरीका उच्च अधिकारी भने काम चलाउ सरकारको समयमा सरुवा गर्न नहुने पक्षमा छन् । सरुवामा दुवै आइजिपीलाई कामचलाउन सरकारको दबाब झेल्नुपरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]