२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डान्सबारमा लुटपाट, आठ जना प्रहरी फन्दामा

Logo
प्रकाशित शुक्रबार, मंसिर २३, २०७९

युवती प्रयोग गरी भारतीय नागरिकलाई डान्सबारमा लुटपाट गर्ने आठ जना पक्राउ परेका छन् । नयाँ बसपार्क मित्रनगरस्थित फ्याफुल्ला डान्सबारमा गत १५ मंसिरको राती लुटपाट भएको हो ।प्रहरीले सिन्धुपाल्चोकका सुनिल तामाङ, सिन्धुलीका सहदेव तामाङ, काठमाडौं टोखाका जीवन तामाङ, धुम्बाराहीका विश्वदिप तामाङ, सिन्धुपाल्चोकका फुर्वा तामाङ, नुवाकोटका मुस्कान तामाङ , सिन्धुलीका शम्शेर तामाङ र काभ्रेका भिमबहादुर तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका उपर चोरी डाँका मुद्दामा कारबाही अघि बढेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।ग्राहकलाई सुरुमा युवतीसँग नजिक्याउने र यौन दुव्र्यवहारको मुद्दामा फसाइदिने भन्दै उनीहरुको धनमाल लुटेका थिए । यस्तो धन्दामा संलग्न पाँच डान्सबारका सञ्चालकलाई हालै महाराजगञ्ज वृत्तले पक्राउ गरी मुद्दा चलाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]