२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जंगली हात्तीको आक्रमणबाट ४ जना घाइते अस्पतालमा उपचार हुँदै

Logo
प्रकाशित आइतबार, मंसिर २५, २०७९


(ABC-Sanchar)
झापा । जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका ४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २:१५ बजे चारकोशे जलथल जंगली हात्तीबाट हात्ती निस्किएका थिए ।

गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । साथै हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपमा क्षति पुर्‍याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको करिब ६ मन धान खाएर नष्ट गरिदिएको स्थानीय प्रह्लाद सिलवालले बताए ।

हात्तीले धनबहादुर गहतराजको अटोमा समेत क्षति पुर्‍याएको छ । दाहालको खमारमा रहेको अन्दाजी एक बिगाहाको कुन्यूको धान क्षति गरिरहेको अवस्थामा गाउँले हात्ती देखेपछि घरबाट निस्किएर प्रहरीलाई खबर गरेका थिए । आहारको खोजीमा दिनहुँ आउने हात्तीको कारण जंगल आसपासका बासिन्दा त्रसित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]