१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

९ दिनमा प्रहरीलाई २ हजार पटक फोन गर्ने एक वृद्ध पक्राउ

Logo
प्रकाशित आइतबार, मंसिर २५, २०७९


(ABC-Sanchar)
काठमाडौं । एक वृद्ध जापानीले प्रहरी चौकीमा ९ दिनमा २,०६० पटक फोन गरे । उनले फोन मात्रै गरेनन् त्यहाँका कर्मचारीलाई ‘कर ठग’ र ‘मूर्ख’ भनेर चिच्याउँदै गाली पनि गरे । उनले यस्तो व्यवहार देखाएपछि प्रहरीले उनलाई पक्राउ गरेका छन् ।

अनुसारसेप्टेम्बर ३० र अक्टोबर ८ को बीचमा सैतामा प्रिफेक्चरका ६७ वर्षका व्यक्तिले प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २०६० पटक फोन गरेर त्यहाँका कर्मचारीमाथि चिच्याउँदै सबैजना बर्खास्त हुनुपर्छ भन्दै गाली गरे । ९ दिनको अन्तरालमा उनले प्रत्येक ६ मिनेटमा फोन गरे र उनले जम्माजम्मी २७ घण्टा कुराकानी गरे । अन्ततः प्रहरीले ती व्यक्तिको घरमा छापा मारेर प्रहरीको काम कारवाहीमा अवरोध पुर्याएको भन्दै पक्राउ गरे ।उनले आफ्नो आरोप स्विकार गर्दै भने, ‘मलाई थाहा थियो, एक दिन प्रहरीले मलाई पक्राउ गर्नेछ ।’

यो अचम्मको घटनामाथि अनुसन्धान जारी छ किनभने नाम नखुलाएका ती ६७ वर्षका जापानीले प्रहरीलाई सोधपुछमा सहयोग गरिरहेका छैनन् ।

चाखलाग्दो कुरा के छ भने उनको फोन रेकर्ड अनुसार उनले वर्षौँदेखि प्रहरीलाई फोन गर्दै आएका थिए । तर पछिल्लो समय भने उनको यो क्रियाकलापमा अत्यधिक वृद्धि भएको थियो ।

यद्यपि, प्रहरीले आफ्नो काम कारवाहीमा हस्तक्षेप गरेको र कसैको जीवन रक्षाका लागि आवश्यक पर्ने स्रोतको दुरुपयोग गर्नु एउटा गम्भीर मुद्दा भएको बताएको छ । तर यस्तो क्रियाकलापमा ती व्यक्तिको निरन्तरता र डेडिकेसनबारे पनि धेरैले कुराकानी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!