२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

श्रीमानलाई ब्राउन सुगर पुर्‍याउने महिला पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

फलफूलमा लुकाएर प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर पुर्‍याउने महिला पक्राउ परेकी छन्।

केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का २२ वर्षीय अशोक खड्का लागुऔषधसहित पक्राउ परेका थिए।

उनलाई प्रहरीले हिरासतमा राखेर लागुऔषध मुद्दा चलाई अनुसन्धान जारी राखेको थियो।

यही क्रममा सोमबार बिहान पौने ९ बजेतिर श्रीमानलाई फलफूल दिन भनेर हिरासतमा पुगेकी उनकी २६ वर्षीया श्रीमती शान्ति खड्का घर्तीले लुकाएर श्रीमानलाई ब्राउन सुगर दिएको तथ्य खुलेपछि उनी पक्राउ परेकी हुन्।

शान्तिले लगेको सामान चेक गर्ने क्रममा पाँच पुरिया ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए।

शान्तिले श्रीमानलाई हिरासतभित्रै लगिदिएको ब्राउन सुगरको तौल गर्दा एक सय २० मिलिग्राम रहेको डिएसपी गौतमले जानकारी दिए।

यसैबीच शान्तिलाई पनि पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको छ। उनलाई पनि लागुऔषधसम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!