२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीका कर्मचारीमाथि अवकाशका प्रावधानमा रहेको विभेद अब हट्ने

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

नेपाल प्रहरीका कर्मचारीमाथि अवकाशका प्रावधानमा रहेको विभेद अब हट्ने भएको छ । उमेरहद, सेवाहद र पदावधिका गरी तीन किमिसको अवकाशका प्रावधान प्रहरीमा थियो । कुनै पनि संगठनमा नभएको यस्तो प्रावधानबाट प्रहरी अधिकृतहरू अन्यायमा पर्दै आएका छन् भने, संगठन पनि त्यसबाट पीडित बनेको छ ।

गृह मन्त्रालयले यस्तो विभेद हटाउन हालै प्रक्रिया अघि बढाएको छ । सरकारलार्ई आर्थिक रुपमा पनि फाइदा हुने, संगठनले पनि त्यसको लाभ लिने र प्रहरी अधिकृतमाथिको अन्याय पनि हट्ने भएपछि ३० वर्षे सेवाहदको प्रावधान हटाउन लागिएको हो । सर्वाेच्च अदालतले यस विषयमा ऐन नै संशोधन गर्न भनेपछि सरकारले अध्यादेशमार्फत प्रहरीमा रहेको विभेद हटाउन लागेको हो ।

३० वर्षे सेवाहदको विषयमा प्रहरीमा लामो समयदेखि बहस हुँदै आएको छ । अवकाशको मुखमा पुगेपछि हरेक प्रहरी महानिरीक्षक र उनका ब्याचका अधिकारीहरू सेवाहद हटाउन दौडधुपमा लाग्ने गरेका छन् भने त्यसपछिको ब्याचका अधिकारी रोक्न लाग्ने गरेका छन् । तर, यसपटक दुवै ब्याचबीच सहमति भएपछि ३० वर्षे सेवाहद हट्न लागेको हो । प्रहरी महानिरीक्षकको अवकाशको समयमा नपारी सेवाहद हटाउन लागिएकाले पनि प्रहरीमा यो विषयमा सहमति जुटेको हो ।

३० वर्षे सेवाहदले प्रहरी नेतृत्व बलियो हुन नसकेको विषयमा सबै जना प्रष्ट छन् । २२ वर्षमा एसपी हुने र त्यसपछिका आठ वर्षमा माथिल्लो पदमा छिटो छिटो बढुवा हुने गरेको छ । एसएसपीबाट डिआइजीमा बढुवा भएको केही महिनामै आइजिपी भएका घटनासमेत छन् । यस्तो प्रहरीमा नेतृत्व विकास हुन सकेको छैन । जसले प्रहरीमाथि राजनीतिक हस्तक्षेप बढ्दै गएको छ ।

अर्काेतर्फ ५४–५५ वर्षमै अनुभवी प्रहरी अधिकारीले बिदा पाउने गरेका छन् । प्रहरी नेतृत्वमा अनुभवीको कमी हुँदा संगठन बलियो हुन सकेको छैन । ३० वर्षे सेवाहदको प्रावधानले पेन्सनको भार पनि बढेको छ । यीनै कारणहरुले सरकारले प्रहरी ऐन संशोधन गर्न लागेको हो ।

सेवाहदको प्रावधान प्रहरी नियमावलीमा मात्र छ, ऐनमा छैन । सर्वाेच्चले यो विषयमा परमादेश नै दिएकाले सेवाहद हटाउन लागिएको हो । सेवाहदसँगै पदावधि र सेवाहदका विषय पनि संशोधन गर्न लागिएको छ । यसबाट प्रहरीमा चेन अफ कमाण्ड पनि बलियो हुने र नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा कम हुने आकलन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]