२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

२४ लाखसहित एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।धनुषाको विदेह नगरपालिका-९ इटहर्वा स्थित सीमा इलाकाबाट २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनी भारतबाट नेपालतर्फ प्रदेश २-२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा आउँदै थिए । उनले मोटरसाइकलमा पैसा लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाइसकेको थियो ।

उक्त सूचनाको आधारमा खटिएको टोलीले कुमारको मोटरसाइकल चेक गरेको थियो। च‍ेक गर्दा २४ लाख १७ हजार रुपैयाँ बरामद भएको हो । पक्राउ परेका कुमारमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ ।
न्युज कारखाना

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]