२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रदेश प्रमुख शेरचनले झन्डोत्तोलन गरेर उटघाटन

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

(ABC-Sanchar)
दाङ । स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट हुँदै आएको लुम्बिनी प्रदेशको काम–कारबाही बुधबारदेखि दाङको देउखुरीबाट सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो ।

राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी कामकाज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले झन्डोत्तोलन गरेसँगै कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो ।

देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारिएको छ । शिक्षालय परिसरमा अहिले राजधानीका संरचना तयार गरिएको छ । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालयलगायत संरचना रहने बताइएको छ ।

लुम्बिनीका १३ मध्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ मन्त्रालय यही परिसरमा रहनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भइसकेको छ । प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ ।

अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी छ । राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिघा क्षेत्रफलमा साना–ठूला गरेर ४० भवन छन् । राजधानी कार्यान्यनमा आएसँगै देउखुरीलाई सिँगारिएको छ । यहाँका बस बिसौनी तथा प्रतीक्षालयमा नयाँ रङ लगाइएको छ । बजार क्षेत्र तथा मूल सडकमा पर्ने चोकहरूमा स्वागतद्वार निर्माण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]