२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष करोडौं रुपैयाँ लिएर फरार

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९


ABC (क्राईमबिट)
सप्तरी । राजविराज नगरपालिका ७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादवसहित पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन् । अध्यक्ष बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका–१, जमुनीका बासिन्दा हुन् ।

बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्षदेखि सम्पर्कमा आएका छैनन् । गएको मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको बचतकर्ताको गुनासो छ ।

शनिबार बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई उनको घरबाट ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका थिए । आक्रोशित बचतकर्ता शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा केही बेर धर्नामा समेत बसेका थिए । न्युज कारखाना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]