२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सिडिओ र प्रहरीबीच द्वन्द्व एसएसपी बोहराले मानेनन् सिडिओको आदेश

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गत १५ मंसिरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एउटा सूचना जारी ग¥यो, जसमा रात्रिकालिन व्यवसायको समय तालिका तोकिएको थियो । जिल्ला सुरक्षा समितिको बैठकका आधारमा रेष्टुरेन्टदेखि डिस्कोसम्मलाई समय तोकिएको थियो ।

तर, जिल्ला प्रशासनको सो निर्णय अझै लागु हुन सकेको छैन । काठमाडौैं प्रहरीले निर्णय कार्यान्वायनमा सिडिओलाई अटेर गरेको छ ।

सिडिओ कार्यालयले रक्सी पसल बेलुका १० बजेसम्म, रेष्टुरेन्ट १२ बजेसम्म, लाउन्ज र दोहोरी २ बजेसम्म र डिस्को तथा क्लबहरूलाई ४ बजेसम्मको समय तोकिएको थियो । ठूला रेष्टुरेन्ट तथा क्लबहरुलाई अहिले पनि यही नियम छ ।

काठमाडौंभरी यो नियम लागू हुने जिल्ला प्रशासनको सूचनामा छ । तर, दरबारमार्ग र ठमेल क्षेत्रमा मात्र लागू गरिएको छ । सबैलाई समान नियम लागू गर्दा प्रहरीको कमाई घट्ने भएपछि प्रहरीले त्यो नियम कार्यान्वायनमा ढिलाई गरेको स्रोत बताउँछ । धेरै रात्रीकालिन व्यवसायीलाई प्रहरीले महिनावारी बुझाउँदै आएका छन् । प्रहरीलाई पैसा नबुझाउँदा एक मिनेट ढिला हुँदा पनि दुःख दिने र कहिलेकाही झगडा हुँदा सञ्चालकलाई नै थुनिदिने गरेको व्यवसायीको दुःखेसो छ । प्रहरीले जति खेल्ने अवसर पायो, त्यती कमाई हुने भएकाले सिडिओ र प्रहरीबीच द्वन्द्व देखिएको हो । निर्णय गर्नुअघि विस्तृत छलफल नभएको भन्दै प्रहरीले असन्तुष्टि जनाएको छ । जसकारण काठमाडौंका सिडिओ घनश्याम उपाध्याय र काठमाडौंका एसएसपी भरत बोहराविरुद्ध केही असझदारी देखिएको छ ।

हुन त सरकारले पर्यटकीय क्षेत्र २४ अ‍ैं घन्टा खुला गर्ने निर्णय गरेको पनि एक वर्ष हुन लागिसकेको छ । तर, कतै पनि यो लागू हुन सकेको छैन । शुक्रबारको दिन भने ठमेल बिहानैसम्म खुल्ने गरेको छ । ठूला व्यवसायीले सेटिङका आधारमा रातभरी व्यवसाय चलाउने गरेका छन् । तर, साना व्यवसायीलाई भने प्रहरीले दुःख दिने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]