२९ भाद्र २०८१, शनिबार
14-09-2024 , Sat
×

गढवा गाउँपालिकाद्वारा भारतमा बेचिन लागेकी युवतीको सकुसल उद्धार

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९


(आलोक भावुक)
दाङ । गढवा भारतमा बेचिन लागेकी युवतीको गढवा गाउँपालिका द्वारा ३१ औं दिनमा सकुसल उद्धार गरिएको छ।

गढवा गाउँपालिकाकी १७ बर्षिय सुरक्षा चौधरी (नाम परिवर्तन गरिएको) लाई भारतको बहराईज बाट उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ ।
ति युवतीलाई अञ्जान ब्यक्तिले बिभिन्न प्रलोभनमा पारेर नेपालगंजको रुपैडिहा बर्डर हुदै बहराईज पुर्याई आफू फरार भएको बताएकी छिन् ।

आफुले बेचिन लागेको थाहा पाएपछी नेपालगंजका एक ब्यक्तिलाई आफ्नो आमाको मोबाइल नम्बर दिएर मेरो नम्बर हो फोन गर्नु भनेर घरपरिवार सम्मा खबर पुर्याएको बताएकी छन्।

घरपरिवारमा अञ्जान मोबाइल नम्बर बाट फोन आएपछी त्यही फोनको भरमा गढवा गाउँपालिका वडा नम्बर – ४ का वडाध्यक्ष हरिभगत चौधरी र गढवा गाउँपालिकाका प्रेस संयोजक उमानाथ यादव (आलोक भावुक) को एकदमै सुझबुझका साथ ति युवकलाई मङ्सिर १७ गते नेपालगंज बसपार्क बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएका हुन्।

ति युवक संग प्रहरीले सोधपुज गर्दा आफुले भारतको लक्ष्मणनगरमा भेटेको र त्यही समय मोबाइल नम्बर पाएको स्वीकार गर्यो। भारतको बहराईजमा रहेको आदर्श थाना र शान्ति पुनर्स्थापना गृह नेपालगंज बाँकेको बिशेष सहयोगमा ३१ औं दिनपछी भारतीय मोबाइल बाट फोन आएको हो। भारतीय नम्बर बाट फोन आएपछी त्यही नम्बरको लोकेसनको आधारमा खोज तलास गर्दा भारतीय एक परिवारले युवतीको को बिबरण सहित स्थान बताए पछी त्यही अनुरुप खोजतलाज गर्दा केटीलाई सम्पर्कमा ल्याइएको वडाध्यक्ष हरिभगत चौधरीले बताउनुभयो।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरीले घटनाको बारेमा सुरुदेखि नै चासोको रुपमा हेरेको र आवश्यक सहयोग गर्ने बताउनु भएको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो।

यसरी गढवा गाउँपालिकाको पहलमा, स्थानीय जनप्रतिनिधि, भारतीय प्रहरी, शान्ति पुनर्स्थापना गृह नेपालगंज बाँके र गढवा गाउँपालिकाका पत्रकारको सहयोगमा भारतको बहराईजमा रहेको एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी दाङ ल्याएको हो ।
दाङ देउखुरी गढवा गाउँपालिकाकी १७ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको हो।

जागिर तथा विवाहको प्रलोभनमा परी आफु भारत पुगेको र त्यहाँ पुगेको केही दिनपछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि परिवारलाई जानकारी गराएको उद्धार गरिएकी युवतीले बताएकी छन्।

उद्दार पछी पुष ३ गते गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, ३ नम्बर वडाका वडाध्यक्ष तुलसी राम अधिकारी, कार्यपालिका सदस्यहरु, पत्रकार लगायतकाको उपस्थितिमा परिवारलाई जिम्मा लगाएको चार नम्बर वडा कार्यालयले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बझाङ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।

  बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत(हाल नेपालगंज) मा “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षणको लागि यस केन्द्रमा पाल्नु भएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी समेतको समितिद्वारा यस केन्द्रको निरीक्षण सम्पन्न भयो । साथै उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यूले यस केन्द्रमा […]

  काठमाडौं । उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर उनी छुटेका छन्। यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन्। ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो। […]

error: Content is protected !!