०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

कोहलपुर नगर प्रहरीको जवान आधारभूत तालिमको दिक्षान्त समारोह सम्पन्न

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

नगर प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए । उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको पनि स्पष्ट पारे । ‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिम सम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई सुम्पेका थियौं,’ नगर प्रमुख आचार्यले भने–‘कसैको दवाव र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन । गतिशील कोहलपुर नगरपालिका बनाउने हाम्रो उद्देश्यमा नगर प्रहरीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ ।

कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवलदार र १९ प्रहरी जवान गरी २४ जनाको टोली छ । उनीहरु सबैलाई तहगत अनुसार नै नेपाल प्रहरीले पाउने सेवासुविधा उपलब्ध गराइएको छ । कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई छुट्टै ब्यारेक नै बनाएको छ । दिक्षान्त समारोहमा नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, सशस्त्र प्रहरी तालिम केन्द्र नौवस्थाका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक भुपेन्द्र केसी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुटबहादुर रावत, काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, कार्यपालिकाका सदस्य, विभिन्न मिडियाकर्मी लगायतको सहभागिता रहेको थियो ।

तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्रहरी जवान दुर्गा थापा, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान बालमिकी थापा र सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान निशा देबकोटा घोषित भएका थिए । उनीहरुलाई नगर प्रमुख आचार्य, उपप्रमुख सुवेदी र प्रशासकीय अधिकृत ढकालले पुरष्कार वितरण गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!