२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

कोहलपुर नगर प्रहरीको जवान आधारभूत तालिमको दिक्षान्त समारोह सम्पन्न

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

नगर प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए । उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको पनि स्पष्ट पारे । ‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिम सम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई सुम्पेका थियौं,’ नगर प्रमुख आचार्यले भने–‘कसैको दवाव र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन । गतिशील कोहलपुर नगरपालिका बनाउने हाम्रो उद्देश्यमा नगर प्रहरीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ ।

कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवलदार र १९ प्रहरी जवान गरी २४ जनाको टोली छ । उनीहरु सबैलाई तहगत अनुसार नै नेपाल प्रहरीले पाउने सेवासुविधा उपलब्ध गराइएको छ । कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई छुट्टै ब्यारेक नै बनाएको छ । दिक्षान्त समारोहमा नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, सशस्त्र प्रहरी तालिम केन्द्र नौवस्थाका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक भुपेन्द्र केसी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुटबहादुर रावत, काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, कार्यपालिकाका सदस्य, विभिन्न मिडियाकर्मी लगायतको सहभागिता रहेको थियो ।

तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्रहरी जवान दुर्गा थापा, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान बालमिकी थापा र सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान निशा देबकोटा घोषित भएका थिए । उनीहरुलाई नगर प्रमुख आचार्य, उपप्रमुख सुवेदी र प्रशासकीय अधिकृत ढकालले पुरष्कार वितरण गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

बाँके । राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको छ। टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहको छ । खत्रीको […]

error: Content is protected !!