२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सवारी दुर्घटनामा मृत्यु हुने महिला र बालबालिकाको सङ्ख्या ३ गुना बढी

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा महिला तथा बालबालिकाको सङ्ख्या अत्यधिक रहेको पाइएको छ। पछिल्लो ५ महिनाको तथ्याङ्क हेर्दा सवारी दुर्घटनामा परि ज्यान गुमाउने पुरुषको तुलनामा महिला तथा बालबालिकाको सङ्ख्या तीन गुना भन्दा बढी देखिएको हो ।
मधेस प्रदेशमा गत साउन देखि मङ्सिर मसान्तसम्म कुल २ हजार ४ सय ९३ सवारी दुर्घटना भएको छ। दुर्घटनामा परेर ४४ जना महिला २५ जना बालबालिका तथा १८ जना पुरुषले ज्यान गुमाएको मधेस प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन् । उक्त दुर्घटनामा परेर ७४६ महिला २७५ पुरुष तथा ६२६ बालबालिका घाइते भएको तथ्याङ्कमा उल्लेख रहेको छ।

यस अवधिमा मधेस प्रदेशमा ट्राफिक प्रहरीले तीव्र रूपमा कारबाही सुरु गर्दा ५ महिनामै ८ करोड भन्दा बढी राजस्व सङ्कलन भएको छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियम उलङ्घन गरी चलेका सवारीसाधनलाई
कारबाही गर्दा राजस्व सङ्कलनमा वृद्धि भएको हो। प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशन अनुसार गरिएको कारबाही बाट मात्र ५ महिनाको ८ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ ।

रौतहटमा भने ट्राफिक प्रहरीले ५ महिनाको अवधिमा नियम विपरीत चलेका १३ हजार ८ सय ३२ सवारी लाई गरेको कारबाही बाट १ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर विमलाकुमारी कठयताले बताएकी छिन । त्यसै गरी यस आर्थिक वर्षको साउन देखि मङ्सिर मसान्तसम्म ५ महिनाको अवधिमा मधेस प्रदेशको ८ वटै जिल्लामा ट्राफिक नियम विपरीत चलेका १ लाख, १९ हजार १सय ७८ सवारीसाधन लाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।

प्रदेशमा बढ्दो सवारीको सङ्ख्या ,गाउँ गाउँमा बाटो निर्माण, तिब्रगती,तथा ट्राफिक नियमको पालना कम हुनुले दुर्घटना बढेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा मधेस प्रदेश ट्राफिक प्रहरीले कुल २२ करोड ४४ लाख ४० हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]