२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

सवारी दुर्घटनामा मृत्यु हुने महिला र बालबालिकाको सङ्ख्या ३ गुना बढी

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा महिला तथा बालबालिकाको सङ्ख्या अत्यधिक रहेको पाइएको छ। पछिल्लो ५ महिनाको तथ्याङ्क हेर्दा सवारी दुर्घटनामा परि ज्यान गुमाउने पुरुषको तुलनामा महिला तथा बालबालिकाको सङ्ख्या तीन गुना भन्दा बढी देखिएको हो ।
मधेस प्रदेशमा गत साउन देखि मङ्सिर मसान्तसम्म कुल २ हजार ४ सय ९३ सवारी दुर्घटना भएको छ। दुर्घटनामा परेर ४४ जना महिला २५ जना बालबालिका तथा १८ जना पुरुषले ज्यान गुमाएको मधेस प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन् । उक्त दुर्घटनामा परेर ७४६ महिला २७५ पुरुष तथा ६२६ बालबालिका घाइते भएको तथ्याङ्कमा उल्लेख रहेको छ।

यस अवधिमा मधेस प्रदेशमा ट्राफिक प्रहरीले तीव्र रूपमा कारबाही सुरु गर्दा ५ महिनामै ८ करोड भन्दा बढी राजस्व सङ्कलन भएको छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियम उलङ्घन गरी चलेका सवारीसाधनलाई
कारबाही गर्दा राजस्व सङ्कलनमा वृद्धि भएको हो। प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशन अनुसार गरिएको कारबाही बाट मात्र ५ महिनाको ८ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ ।

रौतहटमा भने ट्राफिक प्रहरीले ५ महिनाको अवधिमा नियम विपरीत चलेका १३ हजार ८ सय ३२ सवारी लाई गरेको कारबाही बाट १ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर विमलाकुमारी कठयताले बताएकी छिन । त्यसै गरी यस आर्थिक वर्षको साउन देखि मङ्सिर मसान्तसम्म ५ महिनाको अवधिमा मधेस प्रदेशको ८ वटै जिल्लामा ट्राफिक नियम विपरीत चलेका १ लाख, १९ हजार १सय ७८ सवारीसाधन लाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।

प्रदेशमा बढ्दो सवारीको सङ्ख्या ,गाउँ गाउँमा बाटो निर्माण, तिब्रगती,तथा ट्राफिक नियमको पालना कम हुनुले दुर्घटना बढेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा मधेस प्रदेश ट्राफिक प्रहरीले कुल २२ करोड ४४ लाख ४० हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!